अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,पुस,१२ गते । सुदुरपश्चिम प्रदेश सरकारका भुमी,कृर्षि पशुपन्छी तथा सहकारी मन्त्री बिनिता चौधरीले सरकारको लक्ष्य र उदेश्य सहकारी मार्फत मुलुकको र्आिथक समृद्धी गर्ने रहेको बताउनु भएको छ ।
शुभ लक्ष्मी कृर्षी सहकारी संस्था लिमिटेड डडेल्धुराको पाँचौं बार्षिक सधारण सभाको शनिबार उद्घाटन गर्नुहुदै मन्त्री चौधरीले आर्थिक समृद्धीका लागी सहकारी मार्फत अघि बढ्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । प्रदेश सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै मन्त्री चौधरीले समृद्धिको मुख्य आधार नै सहकारी रहेको बताइन् । सहकारीलाई उत्पादन तर्फ जोड्न तीनै तहको सरकारले समन्वय गरेर अघि बढ्नुपर्ने मा जोड दिए । सहकारीहरु निम्न आय स्तर भएका र कृर्षी संग जोडिएका समुदायहरुले निर्माण गरेको सहकारीहरु आत्म निर्भर र रोजागारी मुलुक उन्मुख भईरहेको पाईएकाले सहकारी मार्फत साना तथा मझौला खालका उद्योग तथा कृर्षि उद्योगहरु र ब्याबसायीक तरकारी,लगायत नगदेबालीमा राज्यले लगानी लगाई रहेको मन्त्री चौधरीको भनाई थियो ।
सहकारीहरुले बचत जँँम्मा गराउने र चाहिएको बेला पैशा निकाल्न सहज रुपमा पाउने बैंकका रुपमा स्थापित गरेकाले साहुमहार्जनको घर धाउनुपर्ने बाध्यताको अँन्त्य भएकाले यसमा सबैको हातेमालो भएर अघि बढ्न सके आर्थिक समृद्धी छिट्टै आउने मन्त्री चौधरीको जोडथियो ।

यसै गरि प्रदेश सभाका सदश्य तथा समाजिक बिकास समिति सभापति कुन्ती जोशीले सहकारी मार्फत समाज र राष्ट्रको आर्थिक समृद्धी हुनेमा जोड दिनुभयो । सहकारीहरु गाँउबस्ती र पहुच बिहिनहरुको आत्मनिर्भर मुखी बैंक भएकाले यसले आर्थिक समृद्धीमा निकै टेवा पुग्ने भएकाले सरकारले पनि सहकारीमा लगानी लगाईरहेको बताउनुभयो । केही सरकारी संस्थाहरूले लक्ष्य विपरीत काम गरिरहेको समेत उनले आरोप लगाईन । केही सहकारीले कृषि सहकारी भनेर कृषि क्षेत्रमा कामै नगरेर बचत मात्रै गरिहेको आरोप उनको थियो । कृषि सहकारीहरूले कृषि क्षेत्रमा पनि लगानी गर्नुपर्ने उनले बताइन् । प्रदेश सरकारले पनि सहकारीलाई विषेश प्राथमिकतामा राखेको उनले बताइन् ।
उनले कृषि मार्फत आत्म निर्भर हुन पर्ने बेला आएको समेत बताइन् । विगतमा परम्परागत कृषि प्रणाली अपनाउँदा केही उपलब्धी नभएको उल्लेख गर्दै उनले अब नयाँ आधुनिक प्रविधिबाट कृषि गर्नुपर्नेमा जोड दिइन् । कृषिलाई आधुनिकीकरण गर्न सकें मात्रै कृषि मार्फत आत्मनिर्भर हुन सकिने उनको भनाई थियो । पछिल्लो समय जताततै सहकारी संस्थाहरू खुलेको उल्लेख गर्दै उनले अब सहकारीहरू खोल्नु भन्दा पनि संचालनमा रहेका सहकारीहरू लाई उत्पादन क्षेत्रमा लगाउनु पर्ने उहाको भनाई थियो ।
कार्यक्रममा शुभकामना मनतब्य ब्यक्त गर्नुहुदै पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउदले सहकारी मार्फत आर्थिक समृद्धी र समाज रुपान्तरण सम्भब भएको बताउनुभयो ।
सहकारीहरुका कारण साना ब्याबसायीहरुलाई निकै टेवा पुगेको बताउनुहुदै उहाँले राज्यले गरिखाने बर्गलाई किसान लक्षित सहुलियत कार्यक्रम उपलब्ध गराउनुपर्ने,कृर्षकहरुमा लगानी र उपकरण खरिदमा सहजता पु¥याउनुपर्नेमा जोड दिनुभयो । गरिखाने भन्दा पनि आफ्नो मान्छेलाई सहयोग गरेकी गरेन भन्ने आमप्रबृतीले समग्र समस्या आईरहेको भन्दै सहकारीलाई ब्यबस्थित बनाउन सके मुलुकले छोटो समयमै सफल्ता हासिल गर्न सक्नेमा साँउदको जोड थियो ।
कार्यक्रममा नेकपाका नेता करुणाकर ओझा, नागरिक समाजका अध्यक्ष रमेश जोशी,नागरिक अगुवा पद्मा गुरुङ,उद्योग बाणिज्य संघका उपाध्यक्ष दिपक महता लगायतका बक्ताहरुले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।

बार्षिक सधारण सभाले बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान तथा दोशल्ला ओढाएर सम्मानीत गरेको थियो । कार्यक्रमको संचालन सहकारीका प्रबन्धक लोकेन्द्र ओझाले सहकारी आगामी दिनमा अझ ब्यबस्थित गरेर अघि बढाईने बताउनुभएको छ ।
५ करोड ६८ लाख ५१ हजारको कारोबार शुभलक्ष्मी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७५र०७६ मा ५ करोड ६८ लाख ५१ हजार ५ सय ७४ को कारोवार सार्वजनिक गरेको छ। संस्थाको पाँचौं वार्षिक साधारणसभामा संस्थाले आफ्नो आर्थिक वर्ष २०७५र०७६मा भएको कारोबार सावर्जनिक गरेको हो। ऋण लगानी एक करोड ९४ लाख ७० हजार गरिएको सहकारीका प्रवन्धक लोकेन्द्र ओझाले जानकारी दिए। ओझाका अनुसार बचत फिर्ता ३ करोड ६१ लख ८१ हजार ६ यस ८९ भएको छ भने बचतमा ६ देखि १२ प्रतिशत र कर्जामा १२ देखि १६ प्रतिशत सहकारी नियम अनुसार ६ प्रतिशत फरक राखी बचत तथा ऋणको कारोबार गरिएको छ। यस्तै संस्थाले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा प्रतिकित्ता एक हजारका दरले १० कित्ता शेयर दशहजार शेयर खरिद गरेको छ। यस वर्ष ३ करोड ५० लाख दैनिक बचत संकलनबाट रकम जम्मा गरिनेछ। ३ करोड लगानी गर्ने लक्ष्य राखिएको छ भने कुल आम्दानी करीब २५ लाख पुर्याउने लक्ष्य लिइएको सहकारीका प्रबन्धक ओझाले बताए। साधारण सभाबाट प्रति शेयर सदस्य ५०० का दरले ३०० जनाबाट रु १ लाख ५० हजारका दरले दैनिक रकम यस वर्षमा संकलन गर्ने, सदस्य संख्या २००० जना पुर्याउने, ५ हजार कित्ताप्रति कित्ता एक सयका दरले ५ लाख यस वर्ष शेयर रकम थप गरी जम्मा ४० लाख कुल शेयर पुँजी पुर्याउने लगायतका कार्ययोजना पारित गरिएको छ।

