Amargadhi Post

बाजुरामा यात्रुबाहक जिप कर्णालीमा खस्यो, चार जनाको मृत्यु

बाजुरास् बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।

हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा जीप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ ५ गोत्रीका अन्दाजी २५ वर्षीय रमेश शाहीसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले जानकारी दिए।

से१च १०६४ नम्बरको जिप नदीमा खसेको हो। घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ। एकजना नदीमा हराइरहेका उपरीक्षक भाटले जानकारी दिए।

हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप दिउँसो साढे १ बजे सडकबाट नदीमा खसेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अन्य मृतकहरुको सनाखत हुन सकेको छैन।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।