Amargadhi Post

अमरगढी नगरपालिकाको २४ औं स्थापना दिवस ः नगरपालिकाले ग¥यो लोगो सार्बजनिक

लक्ष्मी ऐर
डडेल्धुरा,माघ,१४ गते । डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले आफ्नो २४ औं स्थापना दिवस भब्यताका साथ मनाएको छ । स्थापना दिवसको अबसर पारेर सोमबार अमरगढी नगरपालिकाले आफ्नै लोगो समेत सार्बजनिक गरेको छ । अमरगढी नगरपालिकाका नगर प्रमुख बिशेश्वर प्रशाद ओझाको सभापतित्वमा आयोजित स्थापना दिवस एबम लोगो सार्बजनिकीकरण कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य ज्ञानु गैरे रहनु भएको थियो । ‘नगर लोगो’ सार्वजनिक गर्दे सबिधान सभा सदश्य गैरेले आफ्नो पहिचानलाई झल्काउने गरि लोगो निर्माण गर्नु राम्रो कार्य भएको भन्दै प्रशंसा गर्नुभयो ।


आफ्नै नगर लोगो बनाएर कार्यान्वयनमा ल्याउने अमरगढी नगरपालिका डडेल्धुराको पहिलो स्थानीय तह बनेको छ । लोगोमा नगरपालिकाभित्रका ११ वटै वडाहरूलाई देखाउनका लागि ११ वटा लाली गुराँसका फूल राखिएको छ । यस्तै यहाँबाट देखिने हिमालहरू, महाभारत क्षेत्र, अमरगढीको नक्सा, नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरू अमरगढी किल्ला, उग्रतारा र घटालथालको तस्वीर लोगोभित्र समेटिएको छ ।
नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै लोगो आव्हानका लागी प्रस्ताबना गरेको थियो । जसमा चार जनाले आफूले निर्माण गरेको लोगो नगरपालिकामा पेस गरेको थिए । ती मध्ये पत्रकार वरूण पनेरूले निर्माण गरेको नगरपालिकाको लोगो सर्वोत्कृष्ट छनौट भएको ।
नगरपालिकाले सर्वोत्कृष्ट लोगो गरे वाफत पत्ररकार पनेरूलाई नगद १५ हजारसहित कदर पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।
नगरपालिकाको समग्र पक्षलाई समेट्ने गरि विशिष्ट पहिचान झल्काउने प्रतिक चिन्ह स्वरूप नगर लोगो तयार गरिएको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी गराउनु्भयो ।
नगरबासीलाई अपनत्वको भाव जगाएर नगरको समग्र समृद्धिमा लाग्न उत्प्रेरणा जगाउने हिसाबले स्थानीय सरकारलाई संविधानले दिएको अधिकारमा रहेर नगर लोगो बनाइएको नगरप्रमुख ओझाको भनाई थियो । अमरगढी नगरपालिका आफ्नै नगर गान बनाउने अन्तिम चरणमा रहेको समेत उनले जानकारी गराउनुभयो । उहाँले अबको बिकास र समृद्धी तर्फ अमरगढी नगरपालिका रफतारमा अघि बढ्ने उद्घोष गरेका छन । ठुला पुर्बाधार र बिभिन्न योजनाहरुका ठेक्का टेण्डर आह्वान भईरहेका छन र डिपिआर बनीसकेका छन नगर प्रमुख ओझाले यो बर्ष काम भएको देखिनेछ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलले नगरपालिकाले गर्ने बिकास निर्माण लगायतका अन्य कामहरुमा सुरक्षा निकायको सकारात्मक भुमिका रहने प्रतिबद्धता जनाउनु भएको छ ।
नगरको बिकास र समृद्धीमा नगरपालिकाको भुमिका अझ शशक्त भएर अघि बढ्न सकोस भन्दै प्रजिअ पौडेलले स्थापना दिवसले समग्र नगरको हितका लागी प्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपाका नेता धनबहादुर साउद,नेपाली काग्रेसका नेता टंकबहादुर क्षत्री,राप्रपा सयुक्तका प्रबक्ता दिवाकर श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउद,उद्योग बाणिज्य संघका महासचिब खेमराज अबस्थी,नगरपालिका पुर्ब मेयर मोहनराज पाठक लगायतका बक्ताहरुले शुभकामना मनतब्य राख्दै नगरको बिकास र समृद्धी ल्याउन योजना अनुसार अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।


स्थानिय सरकार निर्माण भएको झण्डै अढाई बर्ष सम्म के काम भयो ? के गरिरहेको छ जनतामा निरासा छाएको छ नगरपालिकाको नेतृत्व प्रति प्रश्न गर्दे शुभकामना राख्ने अधिकास बक्ताहरुले अल्पकालिन र दिर्घकालिन योजना अनुसार अघि बढ्न नसेक नगरपालिको बिकास सम्भब नभएकोमा जोडदिनुभयो ।


सोमबार नगरपालिकाले २४औं स्थापन दिवस समेत मनाएको छ। दिवसका अवसरमा नगरपालिकाले पूर्व नगरप्रमुख मोहनराज पाठक, पूर्व नगरउपप्रुमख डम्बरबहादुर गैराललाई दोसल्ला ओढाएर सम्मान गरेको छ । उक्त कार्यक्रममा नगरपालिकाले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थालाई ल्यापटप वितरण समेत गरेको छ । अमरगढी क्षेत्रका स्वास्थ्य संस्थाको अवस्था र डाटा व्यवस्थापन गर्नको लागि ‘ल्यापटप’ वितरण गरिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।