Amargadhi Post

कृषि कार्यक्रम नपाएको भन्दै डडेल्धुराका किसान आन्दोलीत

लक्ष्मी ऐर
डडेल्धुरा,माघ,२४ गते । मुख्यमन्त्री एकिकृत कृषि विकास कार्यक्रम आफुहरुले माग गरेर पनि नपाएको भन्दै डडेल्धुराका किसानहरु आन्दोलीत भएका छन ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डमरकोटका कृषकहरुले शुक्रबार कृषि ज्ञान केन्द्र डडेल्धुरामा ज्ञापनपत्र बुझाएका छन । उनीहरुले पहुचँका आधारमा आफुहरुलाई जनाकारी नै नदिई कार्यालयले चोरबाटो भएर कृषि कार्यक्रम कार्यान्वय गरेकोमा आफुहरुको आपत्ती रहेको किसानहरुले जनाएको छ ।
मुख्यमन्त्री एकिकृत कृषि विकास कार्यक्रमका लागि प्राविधीकरुप र दलित समुदायको क्षेत्रलाई समेट्न गरि नमुना कृषि गाउँ छनौट गरेको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर बिष्टले जानकारी दिएका छन ।
सुदूपश्चिम प्रदेशमा अहिले एक स्थानीय तह एक नमुना गाउँ बनाउने उद्देश्यले मुख्यमन्त्री एकिकृत कृषि विकास कार्यक्रम अन्र्तगत एक स्थानीय तहको एक गाउँमा ५० लाख बजेट विनियोजीत छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।