डडेल्धुरामा बार काउन्सीलको मतदान सुरु
सुदुरपश्चिम प्रदेशका चार जिल्लाका कानुन ब्याबसायीहरुद्धारा उच्च अदालतको इजलास डडेल्धुरा राख्नुपर्ने माग
लक्ष्मी ऐर
डडेल्धुरा,माघ,२५गते । पहिलो पटक बार काउन्सिलको मतदान केन्द्र डडेल्धुरामा स्थापना भएपछि सुदुरपश्चिमका चार पहाडी जिल्ला डडेल्धुरा,बैतडी,दार्चुला र बझाङका कानुन ब्याबसायीहरु खुसी भएका छन ।
बिगतमा कैलाली,कञ्चनपुर र डोटी जिल्लामा बार काउन्सिलको पार्षद निर्बाचनका लागी यि चार जिल्लाका कानुन ब्याबसायीहरु अपायक रहेको डोटी जिल्लामा मतदान गनुपर्ने बाध्यता यसपटकबाट अन्तभएपछि खुसी मुद्धामा देखिएका हुन ।
डडेल्धुरा जिल्लाको बारएसोसिनको आफ्नै भबनमा मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरेर मतदान सुरु गरिएको जिल्ला बार इकाई डडेल्धुराका अध्यक्ष लालबहादुर जाग्रीले जानकारी दिनुभयो । आज बिहान १० ः ०० बजेबाट सुरु भएको उक्त मतदान केन्द्रमा कुल ३७ मतदाता रहेको मुख्य निर्बाचन अधिकृत एबम बारईकाई डडेल्धुराका अध्यक्ष जाग्रीले बताउनुभयो ।

अहिले दिउसोको ठिक १ ः ३० बजे सम्म ३३ जनाले मतदान गरिसकेको र बाँकी ४ जनाले मतदान गर्नु बाँकी रहेको निर्बाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदान साँझ ५ ः ०० बजे सम्म खुल्ला रहने र मतदानको समय सकिएलगत्तै मतगणना सुरु गरिने मुख्य निर्बाचन अधिकृत जाग्रीले बताउनुभयो ।

पहिलो पटक डडेल्धुरा जिल्लामा मतदान स्थल तोकिएको प्रति यहाँका कानुन ब्याबसायीहरु बार काउन्सिललाई धन्यबाद दिदै यहाँको चार जिल्लाको पायक पर्ने स्थान डडेल्धुरा भएकाले उच्च अदालतको इजलास स्थापना गरिनुपर्ने माग राख्दै हस्ताक्षर अभियान थालेको जिल्ला बार इकाई डडेल्धुराका पुर्ब अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभएको छ ।

