हरेन्द्र साउद
डडेल्धुरा,फागुन,७ गते । भन्सार छली ल्याएको मोटरसाईकल सहित चालकलाई आज प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको परशुराम नगरपालिका वडा नं —४ कटालमा प्रहरी गस्ती टोलीले चेकजाँज गर्ने क्रममा सोही नगरपालिकाका वडा नं.५ बसगैरा बस्ने २२ का हरजित बहादुर सिजालीले चलाई राखेको अबस्थामा पक्राउ परेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।
नम्बर नलेखिएको कालो रंगको मोटरसाईकल कागजात चेकजाँज गर्दा संलग्न कागजात नभेटिएकोले संकास्पद देखिएको हुँदा उक्त चालक सहित मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक कारर्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको प्रनाउ न्यौपानेले बताउनुभयो ।
