लक्ष्मी ऐर
डडेल्धुरा,चैत १७ गते । डडेल्धुरामा निर्माणका क्रममा रहेको सेफ्टी टयांकीमा डुबेर एक बालकको आज मृत्यु भएको छ । अमरगढी नगरपालिका वडा नं. ४ को काजीधाराका दीपक भट्टका ५ बर्षका छोरा रिदम भट्टको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ । आफ्नै घरपछाडी रहेको छिमेकीको निर्माणाधिन अवस्थामा रहेको सेफ्टी टंयाकीमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो ।
विहानको खाना खाएपछि करिब ११ बजे देखी हराएका बालकको घरपरिवारले विभिन्न स्थानमा खोजी गरेको र दिउसो ३ः३० बजे मात्र घर पछाडीको निर्माणाधिन सेफ्टी ट्याकीमा मृत अबस्थामा वालक फेला परेका हुन । मृतकको शव पोष्ट मार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । मृतक वालक डडेल्धुरा सदरमुकाम स्थित क्याम्ब्रिज पब्लीक स्कुलमा अध्ययनरथ बिद्यार्थि हुन ।
