अमरगढी रैबार संम्बाददाता
काठमाडौँ,चैत्र,१७ गते । सरकारले चीनबाट किनेर ल्याएका स्वास्थ्य उपकरण सातै प्रदेशमा पठाएको छ । सुर्खेत र विराटनगरमा नेपाली सेनाको हेलिकप्टर र अरु प्रदेशका राजधानीमा गाडीबाट सामान पठाइएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई० र एन(९५ मास्क एक एक हजार थान पठाइएको छ । यस्तै, १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन र १० थान थर्मल गन पनि प्रदेश सदरमुकाममा पठाइएको श्रेष्ठले जानकारी दिए ।
यी स्वास्थ्य उपकरण आइतबार चीनको गोञ्जाओबाट नेपाल ल्याइएको थियो ।
