Amargadhi Post

भद्रगोलमा अमरगढी नगरपालिका

आठ करोडको भबन बेहाल अबस्थामा ,आगन चर्किदै टालटुल पार्दे तर जनप्रतिनिधी मौन

मानबहादुर साँउद
डडेल्धुरा,साउन,२७ गते । अमरगढी नगरपालिका भद्रगोल अबस्थाबाट गुज्रिदै अघि बढीरहेको छ । नत कर्मचारी जिम्मेवार छन नत जनप्रतिनिधी नै जिम्मेवार छन एकले अर्काेलाई दोशारोपण गर्दे पानीमाथीको उभानो बन्ने प्रयास बाहेक केही देखिदैन । डडेल्धुराका सातवटा स्थानिय तहहरु मध्ये सबैभन्दा कमजोर र बिबादीत स्थानीय तहका रुपमा अमरगढी नगरपालिकालाई लिने गरिन्छ । नत कर्मचारीहरुका बिचमा राम्रो सम्बन्ध देखिन्छ नत जनप्रतिनिधीहरुका बिचको नै सम्बन्ध राम्रो छ नत कर्मचारी र जनप्रतिनिधीका बिचको सम्बन्ध नै राम्रो छ । भद्रगोल अबस्थामा संचालन भईरहेको अमरगढी नगरपालिकाले दिदै आईरहेको सेवा प्रति नगरबासी दिनप्रतिदिन असन्तुष्ट मात्रै बनीरहेका छैनन खुलेयाम रुपमा धिक्कारी रहेका छन ।
अमरगढी नगरपालिकाले सम्पादन गरिरहेका बिकास निर्माणका योजनाहरुको नत अनुगमन नै प्रभाबकारी छ नत बिकासे योजनाहरुको गुणस्तर छ यो गुनासो जनजनको छ । साना साना योजनाहरुको अनुगमन गर्ने अनुगमन समिति स्वयम आफ्नो ८ करोडको लागतमा निर्माण भईरहेको नबनिर्मित भबनको एक पटक पनि अनुगमन गरिएको छैन । अनुगमन प्रभाबकारी नहुँदा र साईड प्राबिधिकको लार्पवाहीका कारण ८ करोडमा निर्माण भईरहेको भबन बेहाल अबस्थामा पुगेको छ । भबनको निर्माण कार्य अन्तिम चरणमा पुगेको भएपनि भबनको पिल्लर सम्मको भाग चर्किएको छ र आगन भासिदै गईरहेको छ । यस बिषयमा नत कर्मचारी सम्बेदनशिल छन नत जनप्रतिनिधीहरु नै सम्बेदनशिल छन । जनप्रतिनिधीहरुलाई यस बिषयमा बुझ्दा ८ करोडको भबन हो यत्तित भईहाल्छ नी भन्दै खिसीटीरी गरिरहेका छन भने कर्मचारीहरु आगन भासिएपनि भबनमा केही हुदैन भन्दै निर्धक्क बन्न आग्रह गर्दे भन्छन यसमा तलमाथी भयो भने त हामीहरुलाई हतकडीनै लाग्छ नी हजुर भन्दै जवाफ दिन्छन । निर्माण कम्पनीले भबन हस्तान्त्ररण गरेको छैन अनि नगरपालिकाले हतारहतारमा अफिस संचालनमा ल्याइसकेको छ तर दिनहु आगन र पिल्लरसंग जोडिएको भागमा टालटुल गर्दे रोक्ने प्रयास भईरहेको छ ।


सदरमुकाम त्यसैमा अमरगढी सरकारको आफ्नै भबन त्यसैमा ८ करोडको लागतमा निर्माण भएको भबनको यो हबिगत छ भने अन्य गाँउटोलका साना ठुला बिकास निर्माणका योजनाहरुको अबस्था कस्तो होला र कसरी कार्यान्वयन भईरहेको होला सहजै अनुमान गर्न सकिन्छ ।
अमरगढी नगरपालिकाको नबनिर्मित भबनको अबस्थाका बिषयमा आज मंगलबार पत्रकारहरुको टोली कार्यालय पुग्यो र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद उपाध्याय र इन्जिनियर तथा साईड इन्चार्ज कबिन्द्र भट्टसंग छलफल गरेको छ । डडेल्धुरा पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउद लगायतका एकदर्जन भन्दा बढी जिल्लाका कृयाशिल संचारकर्मीहरुको टोली अमरगढी नगरपालिकाको निर्माणधिन भबनको स्थलगत अनुगमन गर्न पुग्यो र त्यहा योजनाको बृहत लागत तथा स्टीमेट सहितको सुचना पार्टीे भेटाउन सकेनन । भबनको कुल लागत देखि भबनको स्टीमेट सहित सुचनापाटी निर्माण स्थलमा राखिएको हुनुपर्ने हो तर भेटिएन र सिधै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसंग अन्र्तक्रिया मार्फत पत्रकारहरुले जानकारी लिए ।
भबनको पिल्लर देखि आगन किन भासिदैछ र यस्तो अबस्था कसरी सिर्जना भयो ? भन्दै प्रशासकीय अधिकृत प्रति पत्रकारहरुले दर्जनौं प्रश्न तेस्याए । इष्टीमेट अनुसार भबन बन्यो की बनेन र कति पटक यो भबनको अनुगमन गरियो पत्रकारहरुका थप जिज्ञासाहरु थिए स्पष्ट गरिदिनका लागी उहाँलाई आग्रह गरे ।
पत्रकारहरुको जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले इष्टीमेट अनुसार काम भईरहेको भएपनि कतै प्रक्रियतागत त कतै डिजाईन इष्टीमेटमै तृटीरहेको कुरालाई स्विकार गर्नुभयो । फिलिङ माटोमा राखिएको पिल्लर बलियो हुदैन त्यसमा बिमती छैन तर प्राबिधिकबाट जानकारी पाएअनुसार पिल्लर बलियो रुपमा राखिएको छ त्यस्तो अबस्था चाही नआउला प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने । जे भयो भयो अब यसको समाधान गरेर अघि बढ्नुको बिकल्प नभएको भन्दै उहाँले भन्नुभयो— जे जे मिलेको छैन र आगन चकिएको छ त्यसलाई निर्माण कम्पनीले बनाउनु हुन्छ त्यो सम्झौता भएको छ ।


आफुले यस नगरपालिकाभित्र बिधी,पद्धती,शुसासन र पारदर्शिता अबलम्बन गर्ने प्रयत्न गरेपनि कर्मचारी र जनप्रतिनिधीबाट आफुलाई साथ नमिलेको भन्दै दुखेसो पोखे ।
गर्न चाहेर पनि सकिएन उहाँले थप्नुभयो जनप्रतिनिधीहरुका बिचको टसलका कारण कर्मचारी समेत बिभाजित छन कसरी काम गर्ने ? परिस्थिती सहज छैन त्यो तपाइहरुले देखिराख्नु भएको छ । पत्रकारहरुले बिबादित भबनका बिषयमा स्पष्ट बनाउनु जरुरी रहेको भन्दै जिल्लाका सरोकारवाला निकायहरुका बिचमा बृहत अन्र्तक्रिया र सार्बजनिक सुनुवाई जस्ता कार्यक्रमको माध्यमबाट जानकारी गराउन नगरपालिकालाई पत्रकारहरुले सुझाब दिएका छन ।

 
बर्षभरी सम्पादन गरेको नगरका योजना देखि बिबादत भबनका सन्र्दभमा समेत बृहत सार्बजनिक सुनुवाई मार्फत नगरपालिकाले जनतालाई सुचना प्रबाह गर्नु नितान्त जरुरी छ त्यो हरेक नागरिकको अधिकार पनि हो पत्रकारहरुले प्रमुख प्रशासकीय अधिकृतसंग भने । भबनका बिषयमा इन्जिनियर भट्टले डिजाईन स्टीमेट देखि प्रक्रियागतका सवालमा जानकारी गराउनुभयो ।
भबनको आगन भासिएपनि भबनमा क्षती नहुने दाबी गर्नुहुदै उहाँले डिजाईन अनुसार नै काम भईरहेको भएपनि फिलिङ माटोमा रहेको जग्गामा नै भबन निर्माण गर्नुपर्ने परिस्थतीका कारण यो अबस्था सिर्जित भएको बताए । पिल्लर बलियो ढंगबाट राखिएको छ भट्टले भने—केही समयपछि भबनको आगन बनाएको भए यो अबस्था आउने थिएन तर फिलिङ माटोमा पर्खाल लगाएर आगन बनाईएको हो तर भासिनु स्वभाबिक हो तर निर्माण कम्पनीले जिम्मा लिन्छ र लिनुपर्छ उहाँले भन्नुभयो ।


रोयल कन्ट्रक्सन प्रा.लिले निर्माण गरिरहेको उक्त भबनको झण्डै ९० प्रतिशत भुक्तानी लिइसकेको छ । नगर उपप्रमुखको संयोकत्वमा अनुगमन समिति छ तर अनुगमन नगरिकनै भुक्तानी हुने काम भएको पाईएको छ ।
अनुगमन समितिका दुईसदश्यको असहमतीका बिच संयोजकको एकल अनुगमको सिफारिसबाट भुक्तानी गर्नुपर्ने बाध्यता रह्यो इन्जिनियर भट्टले भने । स्मार्ट सिटीको नारा दिदै आएको अमरगढी नगरपालिकाले तिन बर्षको अबधीमा के काम भए के के कामको सुरुवात भएको छ यसको जवाफ उहाँहरुसित छैन । अमरगढी नगरपालिकाले अघि सारेका महत्वकाक्षी योजनाहरु स्मार्ट सिटी,चक्रपथ सडक,स्टीडियम, क्रिकेट मैदान,एयरपोर्ट,कम्पलेक्स,र डडेल्धुरा बागबजार हाईवे सडक चौडा लगायतका योजनाहरु अघि सारिएपनि तिन बर्षको अबधीमा एउटा पनि कार्यान्वयन हुन सकेका भने छैनन । नत अघि सारेका महत्वकाक्षी योजना नै अघि बढे नत अमरगढी नगरपालिकाले शुसासन र पारदर्शिताको अभ्यासलाई संस्थागत गर्न सक्यो जताततै भद्रगोल अबस्थामा अघि बढीरहेको आरोप नगरबासीको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।