अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,२९ गते । डडेल्धुराको भागेश्वर गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ५५ लाख रुपैयाँ खर्च गरेको छ ।
गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ५५ लाख दुई हजार छ सय ९८ रुपैयाँ खर्च भएको जनाएको छ ।

गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख चार हजार चार सय ४७ रुपैयाँ खर्च गरेको देखिएको छ । यस्तै स्वास्थ्य उपकरण, परीक्षण सामग्री तथा सुरक्षा सामग्रीको व्यवस्थापनमा १४ लाख ६६ हजार ९९ रुपैयाँ खर्च गरेको पाइएको छ ।
गाउँपालिकाले खाना, खाजा तथा राशन खर्च शीर्षकमा ८५ हजार चार सय ९५, गाडी भाडा तथा ढ्वानी खर्च शीर्षकमा सात लाख ७७ हजार एक सय, प्रचार–प्रसार सामग्री उत्पादन तथा छपाई शीर्षकमाएक लाख १० हजार एक सय ७५ रुपैयाँ खर्च गरेको वडा नम्बर ३ का अध्यक्ष रामबाबु शाहीले जनाएका छन् ।
