Amargadhi Post

आलितालमा अबैध रुपमा काटिएका सालका गोलिया बरामत हुने क्रम जारी

सडकका नाममा बन फडानी प्रकरणमा संलग्न दोशीहरुलाई कानुनको कठघरमा उभ्याउन स्थानीयको जोड

मानबहादुर साँउद
डडेल्धुरा,भदौ,१० गते । डडेल्धुराको आलिताल गाँउपालिका– ८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा अन्धाधुन्ध किसिमले काटिएका सालका रुखहरु लुकाई छिपाई राखेको अबस्थामा बरामत हुनेक्रम जारी रहेको छ । डिभिजन वन कार्यालय डडेल्धुराको सकृयतामा मंगलबार सडकको छेछाउमै लुकाई छिपाई राखेको अबस्थामा ४२ वटा गोलिया र स्थानीयबासी शर्मानन्द जोशीको घरछेउमै राखीएको अबस्थाका २० गोलिया सहित केही दाउरा प्रयोजनको काठ बरामत गरिएको छ । चक्रपथ सडकका नाममा अबैध रुपमा काटिएका सालका १७२ वटा गोलिया डिभिजन बन कार्यालय डडेल्धुराले आफ्नो नियन्त्ररणमा लिईसकेको छ भने थप खोजीकार्यलाई तिब्रता दिएको छ ।


आलिताल गाँउपालिकाको सम्पुरक बजेटबाट उक्त चक्रपथ सडक निर्माणका लागी १ करोड ४५ लाखको टेण्डर खोलिएको थियो । निर्माण कम्पनीका बिच तिब्र प्रतिष्पर्धाले उग्रतारा कन्ट्रक्सनले ७७ लाखमा टेण्डर लिन सफल भएको थियो । चक्रपथ सडकमा कति रुखहरु पर्छन र कसरी सडक निर्माण गर्ने भन्ने सम्म हेक्का नहुनु र सिधै बजेट निर्धारण गरि टेण्डर खोल्नु र निर्माण कम्पनीसंगको मिलोमतोमा धमाधम रुख काट्दै सडक निर्माण गर्नुनै ठुलो कमजोरीमा रुपमा लिन सकिन्छ ।
सडक निर्माणको प्रक्रिया भन्दा अगाढी बाताबरणीय प्रभाब परिक्षण मुल्याकंन गर्नुपर्ने कानुनी प्राबधान छ तर बेवास्ता किन गरियो ? नियतमाथी नै आशंका गर्ने ठाउ प्रयाप्त छ ।
डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त डिभिजन प्रमुख डबलबहादुर बोहराले मंगलबार रुख काटिएको वनक्षेत्रमा दुई वटा टोली बनाएर खोजी कार्य तिब्र पारेको बताएका छन । उनले भने सडक निर्माण गर्नु अपराध होईन तर सडक निर्माणका नाममा जुन रुखहरु काटिएका छन तिनीहरु अबैध ढंगबाट काटिएका छन ।


सडक जनताको आबश्यकताका आधारमा बनीरहेको होला तर रुखहरु काट्नका लागी बाताबरणीय प्रभाब मुल्याकन गरेर मात्रै अघि बढ्नुपर्छ त्यो देखिएन अन्धाधुन्द रुपमा प्रक्रिया बिपरित बन फडानी भएको पाईएको छ ।
आफुहरुले अनुसन्धान जारी राखेको र अबैध रुपमा लुकाई छिपाई गरिराखेको काठको गोलियाहरुको खोजीकार्य जारी राखेकाले घटनामा संलग्नहरु माथी कानुनी कारबाही हुनेमा बिश्वस्त रहन आग्रह गर्नुभएको छ । गाउपालिकाका जनप्रतिनिधी,निर्माण कम्पनी,सामुदायिक बन उपभोक्ता समिति र सब डिभिजन कार्यालयका कर्मचारीहरुको लार्पवाही प्रष्ट देखिन्छ बोहराले भने— अनुसन्धानको प्रक्रिया अघि बढीरहेको छ कानुन सम्मत कारबाही हुन्छ ।

 यसैगरी स्थानीय जनप्रतिनिधी प्रकाश बोहराले सडकका नाममा भएको बन फडानीको सत्य तथ्य छानबिन हुनुपर्नेमा जोड दिए । घटनाको बास्तबिक छानबिन हुनुपर्ने र सडकका नाममा भएको बन फडानीमा संलग्नमाथी कडा कानुनी कारबाही हुनुपर्नेमा बोहराको जोड थियो ।
यसैगरी आलिताल गाउपालिकाका वडा नं.८ का वडा अध्यक्ष गणेश थापा मगरले पनि सडकका नाममा काठ कटानी हुनु दुर्भाग्य रहेको प्रतिकृया दिएका छन । घटनामा जो सुकै सलग्न हुन सत्य तथ्य छानबिन भई कानुनी दायरामा ल्याउन डिभिजन बन कार्यालयलाई आग्रह गरेका छन । आफ्नै वडामा भएको बन फडानीका बिषयमा अनबिज्ञ रहेको जानकारी दिदै वडा अध्यक्ष थापामगरले गाँउपालिका अन्र्तगतबाट अनुगमन हुनुपर्नेमा नभई लार्पवाही भएको उहाँको आरोप थियो । यो घटनामा थुप्रै ब्यक्ति समुहको संलग्नता रहेको देखिन्छ आलिताल गाउपालिकाका प्रबक्ता एबम वडा अध्यक्ष लोकेश महराले भने— आफुहरुले पटक पटक गाँउपालिकाका अध्यक्ष समक्ष गुनासो गर्दा पनि सुनुवाई नभएपछि यस्तो बिकृती र समस्या आएको दाबी गरे । सडक आबश्यकता भएपनि रुख काटिनु र रुखहरु समेत केही ब्यक्तिहरुको संलग्नतामा निर्माण कम्पनीले तस्करी गरेको सुन्नमा आएकोले यर्थात छानबिन गर्न डिभिजन बन कार्यालयलाई महराले आग्रह गरेका छन ।
यस बिषयमा आलिताल गाँउपालिकाका समाजसेबी रामबहादु कुबरले यस घटनामा जनप्रतिनिधी देखि निर्माण कम्पनीको चरम लार्पवाही देखिएकाले छानबिन गरिनुपर्नेमा जोड दिए ।

 उनले सब डिभिजन कार्यालयका कर्मचारी देखि सामुदायिक बनका पदाधिकारी समेतलाई निगरानीमा लिएर छानबिन हुनुपर्ने र दोशी जो सुकै हुन कानुनी कठघरमा उभ्याउनुपर्ने बताए । दुईजनालाई पक्राउ गरेर मुख्य दोशीहरु उम्मकाउने सडयन्त्र भए प्रतिरोध गरिन्छ स्थानीय समाजसेबी बलबहादुर महराले भने— विकास निर्माण कार्यहरुको योजना तर्जुमा गर्दा घम्साघम्सी गर्ने एक अर्काको अस्तित्व सम्म स्वीकार नगर्ने तर भ्रष्टाचार गर्दा, गुणस्तरिय काम हुँदा , बजेट अनुसारको काम नहुँदा चाही तै चुप मै चुपको बाताबरण सिर्जना भईरहेको छ । आफ्नो टाउकोमा आउँदा अर्कालाई दोष दिने गैरजिम्मेवार प्रबृति हाबी भए समृद्ध पालिका बन्न नसक्ने बताए ।


पर्याबरणिय क्षतिको अध्ययन र अनुमति बिना स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी नदिई अषाढ मसान्तमा निर्माण भएको ग्रामीण चक्रपथ सडक निर्माण कार्यले सरकारको बजेट दुरुपयोग त गरेको छ नै घटना उजागर भएपछि सत्तापक्ष र बिपक्ष बिच आरोप प्रत्यारोप हुँदै डडेल्धुराको वन फडानी विषयलाई राजनीतिकरण बनाउने खेल हुनु दुखद रहेको महराको भनाई छ । डडेल्धुरामा वन फडानी नौलो विषय नभएपनि बिगतमा पनि वन मुद्धा लागेर धेरैले सजाय भोगिसकेका छन, कतिपय निर्दोषले कारागारको पर्खाल हेरेर वर्षौ बिताए तर मुख्य योजनाकार र मतियारहरुले मोजमस्ती गरेको कहालीलाग्दो घटना ताजा नै छन । तर बदलिदो परिस्थिति, अधिकार सम्पन्न स्थानीय निकायहरु र जनताको प्रत्यक्ष मतबाट निर्वाचित जनप्रतिनिधिको बहाली पश्चात पनि सुधार हुनुको साटो बेथिति मौलाउँदै जानु दुर्भाग्यपूर्ण रहेको स्थानीय बुद्धिजिबीहरुको गुनासो छ ।


नियम कानूननको परिपालना, कार्यान्वयन र जिम्मेवारी लिनु पर्ने जनप्रतिनिधिहरु नै आफू स्वयं कुनै न कुनै भुमिकामा संलग्न देखिनु भनेको स्थानीय तहका जनप्रतिनिधिहरु जनताको सेवा होईन आफ्नो भविष्य बनाउन मात्र आएका हुन भन्ने अनुभुति जनताले गरेका छन । यसरी हाजारौंको परिमाण र करोडौंको मूल्यमा बिक्रि हुने सार्बजनिक सम्पति, हरियो वन नेपालको धन अधिकार सम्पन्न व्यक्तिको खल्तीमा जाँदा पनि प्रदेश र संघिय सरकार किन मौन बसेको भन्ने स्थानीयले प्रश्न गरेका छन । रुख काटने सामान्य मजदुर गरिब निरिह जनता दोषि कि रुख काटेर सडकका नाममा वनजंगल दोहन गर्ने दोशी ? रुख काटन लगाउने ठेकेदार जिम्मेवार कि सम्बन्धित वडा जनप्रतिनिधिहरु वा गाउँपालिका नेतृत्व जिम्मेवार ? अनि आफ्नो वनमा यति ठूलो बितण्डा भईसक्दा पनि चुप लाग्ने स्थानीय वन उपभोक्ताहरुमाथी समेत अबिलम्ब छानबिन हुनु आबश्यक देखिन्छ । आफ्नो क्षेत्रमा वन फडानी भईरहँदा सूईको सम्म नपाउने स्थानीय सब डिभिजन कार्यालयको गैर जिम्मेवारी भुमिकाका कारण यो समस्या आएको नर्कान सकिदैन ।

 
यसअघि गत आइतबार सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिको पाँच सदस्यीय साँसदहरुको टोलीले सो प्रकरणको स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनका क्रममा आलिताल गाँउपालिकाको समपुरक कोष बाट निर्मित डोला चक्रपथ सडक रुख काटेर तस्करी गर्ने नियत बाट निर्माण गरिएको संसदीय समितिले ठहर गरिसकेको छ ।
स्थलगत अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको र रुख काटेर तस्करी गर्न नियोजित रुपमा सडक निर्माण गरिएको संसदीय समितिको निष्कर्ष रहेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।