Amargadhi Post

डडेल्धुरा अस्पतालबाट सुसार नामक परियोजना सुरु

लक्ष्मी ऐर
डडेल्धुरा,असोज ६ गते । डडेल्धुरा अस्पताल डडेल्धुराबाट नबजात शिशु स्याहार तथा बालमृत्युदर घटाउने उदेश्यले सुसार नामक परियोजना सुरु भएको छ ।
गुणस्तरीय शिशु स्याहारका लागी सुसार नामक परियोजना सुरु भएपछि डडेल्धुरा अस्पतालमा कार्यरत अनमी,स्टाफनर्स र स्वास्थ्यकर्मीहरुलाई चार दिने तालिम सुरु गरिएको छ ।
नेपालमा हरेक बर्ष ६ लाख बच्चा जन्मन्छ र त्यस मध्ये ११ हजार शिशु मृत अबस्थामा जन्मन्छन डा.शुशिल प्याकुरेलले बताउनुभयो । नबजात शिशु जन्मेको एक महिना नपुग्दै मर्ने अबस्था छ त्यसलाई रोक्नका लागी यो कार्यक्रम लागु भईरहेको डा.प्याकुरेलको भनाई थियो ।
सुसार कार्यक्रम ७ प्रदेशका ८ वटा सरकारी अस्पतालबाट संचालन भईरहेको संचार बिज्ञ सिर्जना शर्माले जानकारी दिनुभएको छ ।
बाल मृत्युदर घटाउने र शिशु स्याहारलाई अस्पतालबाट सेवा प्रभाबकारी बनाउनका लागी यो सेवा सुचारु गरिएको उहाँको भनाई थियो ।
सुसार कार्यक्रमको मुख्य उदेश्य मातृ तथा नबजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउनु हो संचार बिज्ञ शर्माले बताउनुभयो । तालिम र सुपरिबेक्षणद्धारा मातृ तथा शिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धी गर्दे सेवा प्रभाबकारी बनाउने यसको मुख्य लक्ष्य रहेको बताईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतीमा गोल्डेन कम्युनिटीको आयोजनामा जिल्लामा कृयाशिल संचारकर्मीहरु संगको एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
ग्यान्ड च्यालेन्जेस क्यानडाको आर्थिक सहयोग र ल्याडरल ग्लोबल हेल्थबाट उपकरणहरु बितरण भईरहेको संचार बिज्ञ शर्माले जानकारी दिनुभयो । नेपाल सरकारले जन्मने शिशुको दर प्रति हजार जन्मलाई १३ मा घटाउने लक्ष्य लिएको बताईएको छ ।
सुसार कार्यक्रमले अस्पताल अन्र्तगत मातृ तथा नबजात शिशु स्याहार वार्डहरुमा गुणस्तर सुधारका लागी चाहिने सिप र प्रबिधिहरुलाई प्रयोगमा ल्याई प्रसुती समयको जटिलतालाई गुणस्तरीय ब्यबस्थापन गर्न सहयोग पुग्ने आकलन गरिएको छ । डडेल्धुरा अस्पताल डडेल्धुराका अध्यक्ष करुणाकर ओझाको अध्यक्षतामा सम्पन्न भएको पत्रकार अभिमुखीकरण क्त अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य क्षेत्रका बिज्ञ डा.शुशिल प्याकुरेल,पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउद र अस्पतालका निमिक्त मेसु डा.जगदिशचन्द्र बिष्टले कार्यक्रमलाई थप प्रभाबकारी बनाएर बाल मृत्युदर घटाउन महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।