Amargadhi Post

आलिताल वन फडानी ः अदालती प्रक्रिया सुरु

अनुसन्धानमा काठ काट्न प्रयोग भएका औजार उपकरण किन खुलेनन ?

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असोज,१० गते । आलितालको बन फडानी काण्डमा संलग्न भनि मुद्धा दायर गरिएका सातैजना अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन । रिहाई लगत्तै उनीहरुका बिषयमा अदालती प्रक्रिया प्रक्रिया सुरु भएको छ ।
आलिताल गाँउपालिका ८ गोदाम–डोला– चिरान गाँउ चक्रपथ निर्माणका नाममा डेढ हजार भन्दा बढी क्युफिट काठ काटिएको अभियोगमा सातजना बिरुद्ध मुदा दायर भएको थियो ।
सालको काठको गोलिया बनाई लुकाई छिपाई रहखेको अवस्थामा डिभिजन बन कार्यालयको टोलीले काठ बरामत गरेको थियो ।
काठ कटानमा संलग्न निर्माण कम्पनि संग आवद्ध, सामुदायिक वनका अध्यक्ष र एक जना स्थानिय गरी सात जनालाई डडेल्धुरा अदालतले आठ लाख ६९ हजार धरौटी लिई तारेखमा रिहा गरेको छ । गत भदौ ३१ गते भएको थुनछेक बहसमा सरकारीबादीको तर्फबाट सरकारी वकिल कार्यालयका न्याधिबक्ता प्रकाश भण्डारीले बहस गर्नुभएको थियो भने अभियुक्तहरुको तर्फबाट ेजिल्लामा कृयाशिल कानुन ब्याबसायीहरुले बहस गरेका थिए ।
अदालतको आदेशसंगै अदालती प्रक्रिया सुरु भएको बार एसोसियसन डडेल्धुरा अध्यक्ष अधिबक्ता लालबहादुर जाग्रीले बताउनुभयो । यदी कसैलाई आदेशमा चित्त बुझिएन भने उच्च अदालत जान सकिने कानुनी ब्यबस्था छ । जसरी प्रतिवादीलाई पनि आदेश वा सरकारी पक्षलाई पनि आदेशमा चित्त बुझिएन भने उहाँहरुले उच्च अदालत जान सक्ने ब्यबस्था छ अधिबक्ता जाग्रीको भनाई छ । उच्च अदालतमा गईसकेपछि यहि आदेश सदर पनि हुन सक्छ ।
यो आदेश बदर भएर पुनः विचार पनि हुन सक्छ । उनले थपे —त्यसो भएकाले आदेश चित्त नबुझेका पक्षले उच्च अदालत पनि जान सक्छन । सडक निर्माणका क्रममा सालका रुख काटिएको भनियो तर कसरी काटिए ? के प्रयोग भयो ? भन्ने बिषय अनुसन्धानले समेट्न सकेन ।
गोलिया समेत बनाई लुकाई छिपाई राखेको अवस्थामा मिलेको काठ कटान गर्न प्रयोग भएका औजार उपकरण भने बरामत गरिएका छैनन । सडक निर्माणका क्रममा सालका रुख काटिएको कुरा अनुसन्धान अधिकारीले जवाफ दिनुपर्ने हो । अधिवक्ता जाग्रीले भन्नुभयो— रुख काटिएका औजार उपकरण पहिले बरामत हुनुपर्ने हो । बरामतपछि जफत हुने हुन । बरामत गर्नेले गर्न सक्नु पर्ने हो तर बरामत गर्नेले बरामत गरेपछि काठ काट्न त्यहि औजार उपकरण प्रयोग भएको पुष्टि हुनु प¥यो । यो मुद्दामा भने त्यसो नभएको उनले बताए ।
काट कटान गर्न यहि औवजार, उपकरण प्रयोग भएका हुन भनि पुष्टि भईसके पछि अपराधि जसरी नै अभियोग पत्र सहित दाखिला गरी ल्याउनु पर्ने हो । उनले भने— त्यस पछि के हुने ? जफत हुने कि नहुने ? त्यो कुरा चाही अदालतको अनुसन्धानले गर्ने हो । अब अदालतको अनुसन्धान सुरु भयो । उनले भने, अदालतले तथ्य खोज्छ । प्रमाण खोज्छ । साँची बुझ्छ । सबैलाई बोलाउछ । त्यस पछि के गर्ने भन्ने अदालती प्रक्रिया हो । अधिवक्ता जाग्रीले प्रतिवादी मध्येका तिन जनाको तर्फबाट अदालतमा बहस गका थिए । कानुन, तथ्य र प्रमाणले हेर्दा जुन आदेश आयो त्यो स्वभाविकै रहेको उहाको भनाई छ । यसलाई अन्यथा भन्न नमिल्ने उनको भनाई छ । अभियोग पेश भयो । अभियोग पेश भएको दिन केही प्रतिवादीहरुको बयान भयो । उनले भने— दोस्रो दिन बाँकी रहेका प्रतिवादीहरुको बयान भयो । बयान भईसकेपछि त्यँहा बहस भयो । वकिलहरुको बहस छलफल भएपछि आदेश आएको उनले बताए ।
यस्ता कैयौं मुद्दामा यसरी बहस हुने, आदेश हुने तत्काल छलफल हुने र भ्याईएन भने राति अबेर सम्म पनि अदालतले काम गर्ने गरेको उनले बताए । थुनचेकका हकमा सबै मुद्दाहरु यसरि नै हुन्छन । पेशि हाल्नु पर्दैन । सुचि निकाल्नु पर्दैन । अर्काे कुरा के छ भने, अन्य मुद्दाहरुमा पनि थुनचेकमा कैयौ अबेर सम्म आदेश भएको छ । कानुन ब्याबसायीहरुले बहसको क्रममा आफ्नो कुराहरु राख्नु भयो ।
औपचारिक रुपमा कानुन ब्याबसायीहरुले बहसका क्रममा आफुहरुलाई बहसका लागी समय अप्रर्याप्त भयो भनेर खासै कुरा उठाउनु भएन । पक्षहरुले पनि अध्ययन गर्न हाम्रो वकिलहरुले भ्याउदैन अर्काे दिन गर्नु पर्छ भन्ने पनि आएन । अर्काे दिन बिदा पनि परेको थियो त्यो हुनाले पक्षलाई पनि त्यहि दिन गर्नुपर्ने स्थिति भएको हो र यसरी अदालतको आदेश आएको मान्न सकिन्छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।