Amargadhi Post

अमरगढी नगरपालिकाका प्रमुखलाई सर्वोच्चको कारण देखाउ आदेश

दोश्रोपटक पनि रद्ध भयो सडक टेण्डर

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असोज,२१ गते । डिभिजन सडक कार्यालय कुलपाते डोटीले डडेल्धुरा सदरमुकामको सडक फराकिलो पार्ने बोलपत्र स्थगित गरेको छ । बागबजारदेखि कीर्तिपुर सम्मको सडक खण्ड विस्तारका लागि दोश्रो पटक आह्वान गरेको बोलपत्र पनि आईतबार पुन प्राविधिक कारण देखाउदै स्थगित गरिएको हो । डडेल्धुरा सदरमुकाम क्षेत्र बागबजारदेखि कीर्तिपुरसम्म राजमार्गको दायाँ बायाँ १५र१५ मिटर फराकिलो गर्नका लागि ४४ करोड बजेट विनियोजित गर्दै पहिलो पटक जेठ ८ गते बोलपत्र आह्वान गरे पनि मुआब्जा सम्बन्धि विवादका कारण उक्त बोलपत्र गत भदौ ३ गते पहिलो पटक स्थगित गरेको थियो ।
पहिलो पटक स्थगित गरिएको टेण्डर पुनः आह्वान गरिए पनि आईतबार फेरी प्राविधिक कारण देखाउदै डिभिजन सडक कार्यालय कुलपाते डोटीले स्थगित गरेको डिभिजन सडक कार्यालय कुलपातेका डिभिजन प्रमुख सुदर्शन कार्कीले बताएका छन् । मुआब्जाको माग गर्दै आएका अमरगढी नगरपालिका–५ बस्ने दीपकराज पन्तले डडेल्धुरा सडक विस्तार गर्दा अदालतको फैसला विपरित सडक क्षेत्रका घरजग्गा धनीहरुलाई मुआब्जा नदिई सडक विस्तार गर्न थालिएको र अदालतको मानहानी भएको ठहर गर्दै असोज ८ गते सर्वोच्चमा निवेदन गर्दा गराएका थिए ।
सोही निवेदनका आधारमा सर्वोच्च अदालतका न्यायधिस मनोजकुमार शर्माको एकल इजलासले आईतबार सर्वोच्च अदालले अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा,तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र डिभिजन सडक कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्की लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रवेशद्धारका रुपमा रहेको डडेल्धुरा सदरमुकामलाई विस्तार गर्नु जरुरी रहेको अमरगढी नगरपालिका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताएका छन् । सडक विस्तार कार्यलाई अवरोध पुर्याउनकै लागि केही व्यक्तिहरुले अदालतमा मुद्धा दर्ता गराएको र सडक विस्तारका लागि आएको ४४ करोड रुपैँया फ्रिज जानुले डडेल्धुराको विकासमा ठुलो प्रभाव पर्ने उनले बताए । तर स्थानीयहरु अमरगढी नगरपालिका रसडक डिभिजनको अर्कमण्यताका कारण सडक टेण्डर रद्ध गरिएको दाबी गर्छन । हचुवाका भरमा टेण्डर आह्वान गर्ने मुअब्जाका बिषयमा मौन रहनु नै टेण्डर रद्धको प्रमुख कारण हो स्थानीय समाजसेबी प्रकाश साउद बताउछन ।
नत मुअब्जा उल्लेख गरिएको छ नत घरधनीहरुसंग ब्यापक रुपमा छलफल गरेर अमरगढी सरकारले सहमतीमा ल्याउन सक्यो त्यसकै उपज हो टेण्डर स्थिगित ।
टेण्डर खुल्ने बितिक्कै अमरगढी नगर प्रमुख बिशेश्वर प्रशाद ओझाले ब्यापक रुपमा आफ्नो पहलमा टेण्डर आह्वान भएको र बजेट राख्न सफल भएको भन्दै ब्यापक प्रचारबाजी गरिनुले यो समस्या निम्तिएको अधिकासको भनाई छ । सडक बनाउने भन्दा पनि ब्यक्तिप्रतिको इगो राखेर अमरगढी नगरपालिकाले काम गर्न थालेपछि उद्योगी ब्याबसायी र घर जग्गाधनीहरु नगर प्रमुख प्रति आक्रामक अबस्थामा देखिएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।