लक्ष्मी ऐर
डडेल्धुरा,असोजं,२१ गते । डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टिभएपछि आज देखि अमरगढी नगरपालिकामा आकस्मीक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।
बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठित स्थानीय निर्देशन तथा सहजीकरण समितिको बुधबार बसेको आकस्मिक बैठकले सिल गर्ने निर्णय गरेको अमरगढी नगरपालिकाका निमिक्त प्रशासकीय अधिकृत हेमन्तराज पन्तले जानकारी दिनुभयो । २३ गते अमरगढी नगरपालिकाका सबै कर्मचारी तथा जनप्रतिनिधिहरुको स्वाब संकलन गरिने नगरपालिकाले जनाएको छ ।
