Amargadhi Post

डडेल्धुरामा काग्रेसका वडासभापतिको भीरबाट लडेर मृत्यु

लक्ष्मी ऐर
डडेल्धुरा,असोजं,२४ गते । डडेल्धुरामा कांग्रेसका वडा सभापतिको भीरबाट लडेर आज मृत्यु भएको छ । अमरगढी नगरपालिका वडा नम्बर ११ का सभापति ४० वर्षीय लोकेन्द्र खड्काको शनिबार साँझ भीरबाट लडेर मृत्यु भएको जनाएको छ ।
साँझ ५ बजेतिर खानेपानीको पाइप बनाउदै गर्दा उनी भीरबाट लडेको र उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटौमै खड्काको मृत्यु भएको जिल प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर प्रहरी मुचुल्का उठाउने कार्य भईरहेको छ भने मृतकको शव अस्पतालमा राखिएको छ । यस घटनाका बिषयमा नेपाली काँग्रेस डडेल्धुराले गहिरो समबेदना सहितको शोक बिज्ञप्ती जारी गरेको छ ।
काँग्रेसका जिल्ला सभापति एबम सुदुरपश्चिम प्रदेश सभाका माननीय सांसद कर्णबहादुर मल्लले घटना प्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दे शोक सन्तप्त परिवारजनप्रति गहिरो समबेदन ब्यक्त गरेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।