मानबहादुर साउद
डडेल्धुरा,असार,१ गते । लगातारको वर्षातका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोडने भीमदत्त राजमार्ग आज बिहान देखि अवरुद्ध भएको छ ।
भिमदत्त राजमार्ग खण्ड अन्र्तगत डोटीको गैरा बजार नजिक सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गाङखेतका ईन्चार्ज खगेन्द्र कार्कीले जानकारी दिनु भएको छ ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गईरहेका ५५÷६० र पहाडबाट तराई जाने ४५÷५० जति गाडीहरु रोकिएको प्रहरीले जनाएको छ ।
एका बिहानै आकस्मिक पहिरो आए पछि सवारी साधन बिच बाटोमै रोकिएका कारण बाटो खोल्न दुई डोजरहरु प्रयोगमा रहेको र पहिरो जाने क्रम नरोकिएकोले खोल्न समय लाग्ने ईन्चार्ज कार्कीले बताउनुभयो । दुई दिन देखिको लगातारको बर्षाले ग्रामीण भेगका कच्ची सडकहरु बाढी र पहिरोका कारण पुर्णतया अबरुद्ध भएका छन । बर्षातले गर्दा खानेपानी र सिचाईका मुहान समेत बगाएको छ । जिल्ला सदरमुकाममा रहेको एकमात्रै खानेपानी समेत बर्षातका कारण आज बिहानै बाट अबरुद्ध भएको छ । बाढी र पहिरोका कारण मुहान नै अबरुद्ध भएपछि खानेपानी बन्न केही दिन लाग्ने खंलगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रबिन्द्र केसीले जानकारी दिनुभएको छ ।
