अमरगढी रैबार सम्बाददाता
धनगढी,असार,७ गते । सुदूरपश्चिम प्रदेशमा सोमबार १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। कैलालीका १ जनाको मृत्यु भएको हो।
यस्तै ६१ जना संक्रमित निको भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा १४८ नमुना पीसीआर तथा प्रदेशभरि ६ सय २९ नमुना एन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परीक्षणमा ३९ जनामा संक्रमण पुस्टि भएको छ।
ती प्रादेशिक अस्पताल प्रयोगशालामा १०५ जनाको नमूना परीक्षण गर्दा ८ जना, महाकाली अस्पतालमा १० नमुना परीक्षण गर्दा २ जना, डडेल्धुरा अस्पतालमा ११ जनाको नमूना परीक्षण गर्दा २ जना, डोटीमा अस्पतालमा १३ जनाको नमूना परीक्षण गर्दा ३ जना र बझाङ अस्पतालमा ९ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५५ हजार ३५५ नमुना परीक्षण गर्दा ४३ हजार २३६ जनामा संक्रमण पुस्टि भएको छ भने ५६७ जनाको मृत्यु भएको छ।
