अमरगढी रैबार सम्बाददाता
कञ्चनपुर, असार १२ । शान्ति पुनस्र्थापना गृह शाखा कार्यालय कञ्चनपुर महेन्द्रनगरको आयोजनामा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
गृहले शुक्रबार दोधरा चाँदनी नगरपालिकाको सहकार्यमा शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई फेस शिल्ड, सेनिटाइजर, अक्सिमिटर, फेस मास्क, थर्मलगन र ह्याण्ड ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको शान्ति पुनस्र्थापना गृह शाखा कार्यालय महेन्द्रनगरका प्रमुख संजित सिंहले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै गृहले ईलाका प्रहरी कार्यालय दोधरा चाँदनी, अस्थाई प्रहरी चौकी झोलुङ्गे पुल, बोर्डर आउट पोष्ट बैलबन्दा र सुन्दरनगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उनले बताए ।
यस अघि पनि शान्ति पुर्नस्थापना गृहले शान्ति पुर्नस्थापना गृहले कञ्चनपुरका बिभिन्न स्थानिय तहहरुमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो । पुर्नस्थापना केन्द्र जिल्लाको भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको हो ।
दुई वटै स्थानिय तहहरुलाई मास्क, सेनीटाइजर, अक्सोमिटर, थर्मलगन, फेस सिल्ड, ह्यान्ड ग्लोब्स, पिपिइ लगायतको स्वास्थ्य सामाग्री सहयोग गरेको संयोजक सिंहले बताए ।
