Amargadhi Post

दार्चुलाबाट महेन्द्रनगर जादैँ गरेको स्कारपिओ जिप बैतडीमा दुर्घटना

अमरगढी समाचार
डडेल्धुरा,भदौ,१४ गते । बैतडीको खोचलेकमा स्कारपिओ जिप दुर्घटना हुदाँ चालक घाइते भएकाछन् । सामान्य घाइते भएका ३४ बर्षिय चालक हरिश बोहराको खोचलेक स्थीत क्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जादैँ गरेको बा १२ च ४२४० नम्बरको जीप बिहान साढे सात बजे दुर्घटना भएको हो । जीप सडकबाट १सय मिटर तल खसेको प्रहरी चौकी खोचलेकले जनाएको छ ।
हिजो महेन्द्रनगरबाट बुकिङमा आएको स्कारपिओ जीप फर्किने क्रममा दुर्घटना भएको हो । जीपमा चालक र १ जना यात्रु बाहेक अरु कोहि नभएको प्रहरीले जनाएको छ । जीपमा सवार अर्का यात्रु दानसिंह भाट भने सकुशल रहेकाछन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।