Amargadhi Post

गृहमन्त्री डडेल्धुराको बाढी पहिरो प्रभाबित बस्तीको स्थलगत अनुगमनमा

तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता

लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक,१७ गते । कार्यबाहक प्रधानमन्त्री एबम गृहमन्त्री बालकृष्ण खाणले डडेल्धुराको बाढी प्रभाबित बस्तीको स्थलगत अनुगमन गर्दे तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाँउपालिकामा दुईसाता अघि आएको बाढी पहिररो १ अर्ब ५ करोड १५ लाख बराबरको क्षती भएको बिबरण पेश गरिएपछि स्थलगत अनुगमनमा आज यहा आई पुगेका गृहमन्त्री खाणले तत्काल राहत तथा पुर्नस्थापनाका लागी पहल गरिने आश्वासन दिएका हुन ।
गन्यापधुरा गाँउपालिकामा बाढी पहिरोबाट दुई जनाको ज्यान गएको थियो भने करोडौंको धनजनको क्षती थियो । बाढी पहिरोले पुगाएको क्षतीको अवलोकन गर्न प्रधानमन्त्री देउवाको वडा गन्याधुरा गाउँपालिका–१ पथरोडा गाँउ पुगेका गृहमन्त्रीलाई गाँउपालिकाका अध्यक्ष नबलसिह मल्लले क्षतीको विवरण पेश गरेको छ ।


विवरण बुझ्दै गृहमन्त्री खाँणले पिडितलाई अबिलम्ब राहात उपलब्ध गराईने आश्वासन दिदै बाढी पिडितबाट ग्रस्त भएकाहरुलाई धैयता गर्न अनुरोध गरेका थिए । गन्यापधुरा गाँउपालिकाको वडा नं.१ र वडा नं.३ सकायल क्षेत्रको प्रभाबित बस्तीको अबलोकन गरि राहतको प्याकेज मार्फत पिडितलाई राहत उपलब्ध गराईने बताउनु भएको छ ।
सुदूरपश्चिमका दुई जिल्ला डडेल्धुरा लगायत बैतडी, बझाङ्गलाई बाढी पहिरोको अति संकटासन्न जिल्ला घोषणा गरिने समेत गृहमन्त्री खाणले बताउनुभयो । हेलिकप्टर मार्फत यहाँ पुगेका मन्त्रि खाँणले देशका अधिकांस क्षेत्रमा बाढी पहिरोको क्षती पुगाएको भन्दै सरकारले ज्यान गुमाएका परिवारलाई दुई÷दुई लाखका दरले रकम उपलब्ध गराउने, घाईतेहरुको सामुदायिक अस्पतालहरुमा निःशुल्क उपचार गर्ने र अन्य राहातको प्याकेज तत्काल सुरु गरिने बताउनु भएको छ ।
खोला माथी रहेको पर्तल गाउँ माथीबाट खसेको पहिराले आधा दर्जन घर जोखिमा छन । खेतबारी पुरिएको छ । गाँउ नजिक रहेको एक मन्दिर समेत पुरिएको छ । खोला पारी रहेको तिखात्तर गाउँमा पनि पहिरोको जोखिम छ । उक्त गाउँका एक दर्जन घर समेत पहिरोको जोखिममा रहेका छन ।
आकाशमा बादल मडारिदा पहिरोले गाउँ सबै पुर्ने चिन्तामा स्थानिय छन । बर्षा हुनुअघि वस्ति सार्नुपर्ने स्थानियको माग छ । तर कार्तिक २ गते पहिरोले तहस नहस मचाएपनि कुनै पनि सरकारबाट राहात नपाएको गुनासो स्थानियको छ । हाललाई जस्तापाता र सोलारको व्यवस्था गरिदिए पनि पुग्ने स्थानिय नर बहादुर रावलले बताउनुभयो । गन्यापधुराको अवलोकन पछि मन्त्रि खाण सहितको टोली बैतडीको ढुङ्गाड र बझाङ्ग जिल्लाका बिभिन्न बस्तीका बाढी पहिरो प्रभाबित स्थलको अवलोकनमा गएको छ । बाढी पहिरो लगत्तै सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको सयुक्त टोलीले डडेल्धुराको बाढी प्रभाबित क्षेत्रको स्थलगत भ्रमण गरि राहत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरिएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।