Amargadhi Post

बैतडीमा एक युवती मृत फेला

अमरगढी समाचार
बैतडी, माघ १८ । बैतडीमा एक युवती मृत फेला परेकी छिन्। दोगडाकेदार गाउँपालिका–२ मल्ला गाउँ बस्ने ४५ वर्षीया चन्द्रा महरा मृत फेला परेकी हुन्।

सोमबार उनको शव सोही ठाउँको सोतेखोला नजिकैको पसलभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बिहान बारीमा बाख्रा चराउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त पसलमा उनको शव फेला परेको प्रहरीले बताएको छ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।