Amargadhi Post

दुई दिन देखि अबरुद्ध भीमदत्तराज मार्ग सडक सुचारु

लक्ष्मी ऐर
डडेल्धुरा,माघ,२२ गते । बिहीबार साँझ देखि परेको हिमपातका कारण अबरुद्ध बनेको भीमदत्त राजमार्ग सडक बल्ल सुचारु भएको छ ।
सात पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्ग अबरुद्ध हुँदा सयौं यात्रु बीचबाटोमा अलपत्र परेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बिहानै देखि अबरुद्ध बाटो खोल्न लागेपछि बल्ल ५ ः ०० बजेबाट सुचारु हुन सफल भएको छ ।
झण्डै ६०÷७० जनाको सुरक्षा टोलीले हिमपात हटाएर बाटो सुचारु भएपछि सयौं सवारी साधनहरु आवतजावत भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।
जिल्लाको उच्च लेकाली भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात भएका कारण बाटो खोल्न निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
बिहानै देखि सुरक्षाका निकाय र डोजर परिचालित गरिएको भएपनि बल्ल बाटो सुचारु भएको र बिस्तारै सवारी साधन गुडाउन चालकहरुलाई आग्रह समेत गरेका छौं प्रजि जोशीले भन्नुभयो ।
बाटो सुचारु भएपनि हिमपातका कारण सडक चिप्लो छ साबधानी पुर्बक चलाउन नसके दुर्घटनाको जोखिम उच्च रहेको भन्दै प्रजिअ जोशीले साबधानी पुर्बक सवारी साधन चलाउनका लागी सम्पुर्ण चालहरुलाई आग्रह गरिएको जनाएको छ ।
हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउने युवायुवतीहरुको सडकमा लाम छ । हिमपातले जनजीवन कष्टकर भएपनि कृषक भने हर्षित छन् । हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।