लक्ष्मी ऐर
डडेल्धुरा,फागुन,२ गते । डोटीको बुडरमा एक मोटरसाइकलले बालकलाइ ठक्कर दिएर घाइते बनाएको छ । पहिचान नखुलेको मोटरसाइकलले अन्दाजी ३ वर्षीय नाबालक युवराज बिकलाई ठक्कर चालक फरार भएपछि केहीबेर राजमार्ग बन्द भएको छ ।
दुर्घटनापछि युवराजका आफन्त तथा स्थानीयले फरार रहेका चालकको खोजीकार्य गर्नुपर्ने माग राख्दै अबरुद्ध सडक एक घण्टा जाम गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालकको ब्यापक खोजतलास गरि आबश्यक कारबाही गर्ने सर्तमा राजमार्ग सडक सुचारु भएपनि अहिले सम्म फरार चालक नियन्त्ररणमा आउन सकेको छैन ।
घाईते बालकको स्वास्थ्य चौकीमा उपचार भईरहेको जनाएको छ ।
प्रहरीका अनुसार ठक्करपछि घाइते भएका युवराजलाइ उपचारका लागि धनगढी पठाईएको छ ।
