अमरगढी सम्बाददाता
काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताउनुभएको छ । यसका लागि आजैदेखि तयारी थाल्न उहाँले आग्रह गर्नुभएको छ ।
उहाँले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीत हुने बताउनुभयो ।
आज सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उहाँले बताउनुभयो ।
