Amargadhi Post

डडेल्धुरामा एमसिसि बिरुद्ध युबाहरु सडकमा

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन, ८ गते । डडेल्धुराका युबाहरु एमसिसि बिरुद्ध सडकमा उत्रिएका छन । एमसिसि खारेज गर,देउवा सरकार राजिनामा दे,राष्टघाती सरकार मुर्दाबाद जस्ता नारा लगाउदै सडकमा युबाहरु पल्टीएर बिरोध गरेका छन ।
नेपाली काँग्रेस बिपि समाजबादका जिल्ला संयोजक तिलक हमाल,नेकपा माओबादी केन्द्रका युबाहरु करन साँउद,लालबहादुर पाण्डेय लगायतका दजनौं युबाहरु सडकमा आन्दोलित भएका छन ।
एमसिसि सम्झौता राष्टघाती भएको भन्दै तत्काल सदनमा टेबुल गर्न नहुने भन्दै डडेल्धुराका युबाहरु दिनहु सडकमा आन्दोलित छन । अमेरिका सरकारले दिने अनुदान रकम भित्र राष्ट्रियता लुकेको भन्दै यसलाई पुर्णतया फिर्ता गर्न सरकारलाई जोडदार माग गरेका छन ।


सडकमा आन्दोलित युबाहरुले सहिद भिमदत्त पन्तको सालिक नजिकै सडकमा पल्टीएर नाराबाजी गरेर एक घण्टा सडक जाम गरेका थिए । सडकमा पल्टीएका आन्दोलनकारीहरुलाई प्रहरीले हटाउन खोज्दै सडक सुचारु गराउने प्रयास गरेपनि असफल भएका थिए । एमसिसि खारेज नहुँदा सम्म सडक आन्दोलन गरिरहने बताउदै आएका आन्दोलनकारीहरुले प्रहरी प्रशासनलाई हस्तक्षेप नगर्न चेतावनी समेत दिएका छन ।

6

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।