संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालको सेवा दिन प्रति दिन खस्कदो छ । जिम्मेवार निकाय नै गैर जिम्मेवार छ यसलाई सुधार गर्नका लागी जिल्लाका सरोकारवाला निकाय गम्भिर बन्न आबश्यक छ । टिम अस्पतालले उपचार सेवा दिईरहेको थियो तर उसले धर्म प्रचार गरयो भन्ने आरोप लगाईयो र हटाई छाड्यौ तर हामीले अस्पताल संचालन गर्न सक्यौ त ? प्रश्न हामीमाथी सोझिएको छ ? टिम अस्पतालाई हटीसकेपछि एचडिसिएस नामक संस्थाले केही बर्ष अस्पताल चलायो र उसलाई पनि बिभिन्न आरोप लगाउदै जिल्लाका राजनितिक दलहरुको अगुवाईमा अस्पतालको जिम्मा अब सरकारले लिनुपर्छ भन्दै आन्दोलित भएको धेरै बर्ष बितेको छैन सबैको मानसपटलमा दृष्य खेलीरहेको छ । आन्दोलनले सफल्ता त हात पारयो तर अस्पतालको अबस्थामा सुधार गर्न सकिएन । सरकारले आन्दोलनको बलमा उपक्षेत्रिय अस्पताल घोषणा गरयो तर उपक्षेत्रिय अस्पतालले हुदैन संघिय सरकारको मातहत रहने गरि ठुलो अस्पताल सुदुरपश्चिलाई केन्द्रीत गरेर डडेल्धुरा अस्पताल बनाउनुपर्छ भनेर आन्दोलन भयो र सरकारले घोषणा गयो तर कार्यान्वयमा पुयाउन किन सकिएन । जुन अबस्थामा अस्पताल चलीरहेको थियो त्यो अबस्थाको जस्तो नभएर झन अस्पतालको अबस्था दैयनिय बन्यो तर हाम्रो अवाज सम्बन्धित ठाउ सम्म किन पुग्न सकेन प्रश्नको जवाफ दिनैपर्छ हैन र ? हिजोको टिम अ्स्पताल र एचडिसिएस नामक संस्थाले चलाउदा दिईरहेको स्वास्थ्य सेवा भन्दा पनि झनै खस्कदो अबस्थामा पुग्दा सम्म पनि हामी जिम्मेवार बन्न नसक्नु हाम्रो कमजोरी हो स्विकार गर्नुपर्छ ? र अब कसरी अघि बढ्ने सोच्नु पक्ष यसमा ढिलाई गर्नुहुन्न । जनता स्वास्थ्य सेवा नपाएर हैरान भईरहेका छन थेग्न सक्ने अबस्थामा छैनन ।
अस्पताल सुधार गर्नका लागी सबै सरोकारवाला निकायहरु एक ठाँउमा उभिएर सुधार गर्नका लागी अघि बढ्नुको बिकल्प छैन । कति दिन सम्म जनतालाई उपचारका लागी तराईका जिल्ला हुदै भारत र राजधानी पठाएर उपचार गराई राख्ने यसको बिषयमा गम्भिर भएर नसोच्ने हो भने जसरी आन्दोलनबाट डडेल्धुरा अस्पताल स्थापित भयो त्यसरी नै अस्पतालको बिकल्पमा आन्दोलनको आधीबेहरीको सामना गर्नुपर्ने दिन नआउला भन्न सकिन्न । मेडिकल कलेजको हल्ला गरेर एउटा जाबो १०० बेडको अस्पताल चलाउन नसक्नेहरुले ५०० बेडको अस्पताल बनाउने ध्वास दिनु मुर्खता बाहेक के हुन सक्छ ? जनताले बिश्वास गर्छन तर स्वयम तपाईहरुनै बिश्वस्त हुनुहुन्छ ? सरकारले स्वास्थयलाई नैसर्गिक अधिकारका रुपमा पनि कानुन बनाएको छ तर कार्यान्वयन गर्देन उपचार नपाएर नागरिकहरु बाटोमै मृत्यु भईरहेका घटना सार्बजनिक भईरहेका छन । डडेल्धुरा अस्पताल रिफर अस्पतालका रुपमा हेरिएको छ र भईरहेको छ यो बिषयमा किन गम्भिर हुन सकेनौं । यसका पछाडीको समस्या के हो ? भन्न सक्नु पयो ? अस्पताललाई मजाकका रुपमा लिनु भएन । बिडम्बना अस्पताल बिकास समिति शशक्त बनाउन जरुरी छ । अस्पताल बिकास समिति बेखबर भएकै कारण अस्पताल थप लथालिङग भईरहेको गुनासो ब्याप्त छ । बिकास समितिले कर्मचारी ब्यबस्थापन, कर्मचारी परिचालन र दरबन्दी अनुसारका कर्मचारी,भौतिक संरचना,औषधी तथा उपकरण र बजेट ल्याउन नसक्ने हो भने तपाईहरुको जिम्मेवारी के का लागी किन तपाईलाई नेतृत्व स्विकार गर्नुपर्ने प्रश्न उठेको छ । जसरी अस्पताल बिकास समितिको अध्यक्ष बन्न लुछाचुडी बनीरहेको छ त्यसरी अस्पताल बनाउन किन प्रतिष्पर्धा हुन सकीरहेको छैन । अस्पताल बिकास समितिको काम करारमा आफन्त मान्छेलाई भर्ना गर्नै,सेवा सुबिधा लिने मात्रै काम होईन होला नी ? अस्पतालको गुणस्तर सेवा बृद्धी गर्नुपर्ने जिम्मेवारी पनि होला नी होईन र ? अस्पतालमा जनशक्तिको अभाब देखियो भएको जनशक्ति सही सदुपयोग भएको देखिएन त्यसैले अस्पताल प्रतिको आक्रोश सहतमा आएको देखिन्छ । यो आक्रोसलाई सुझाबका रुपमा लिएर अघि बढ्न सक्नु नै नेतृत्वको कुसलता र जिम्मेवारी हुन जान्छ । त्यसैले यहाँका सरोकारवाला निकायहरुको साथ लिएर दरबन्दी अनुसारका चिकित्सक ल्याउन मन्त्रालय देखि बिभाग सम्म डेलीगेशन लैजान अब ढिलाई गर्नुहुदैन ।
यो जिल्लाबाट पाँच पाँच पटक प्रधानमन्त्री भएका जनप्रतिनिधी छन उनलाई अस्पतालको दुराबस्थाका बारेमा किन भन्न नसक्ने यस जिल्लाका जनप्रतिनिधीहरुको सामुहिक दायित्व होईन र अस्पतालका बिषयमा उहाँहरु जवाफदेही बन्नु पर्देन र ? हो यसकारण अब अस्पतालले बृहत छलफल कार्यक्रम गरेर सबैलाई एकठाउमा ल्याएर बहस चलाएर अस्पताल राम्रो बनाउन बृहत छलफलको आबश्यकता महसुस कहिले हुने ? होईन भने अस्पतालमा अनाबश्यक राजनितिकरण गर्र्ने र आफ्नो दुनो सोज्याउन अस्पतालको नेतृत्व लिईराख्नेहरुका बिरुद्ध नागरिक आन्दोलनको आधीबेहरी सिर्जना हुने निश्चित छ र सामना गर्र्ने आट राख्नुहोला ।
