Amargadhi Post

दार्चुलाबाट दुई हजार बिद्यार्थीले एसईई परीक्षा दिने

फागुन २२ । दार्चुलामा एसइइ परीक्षाको तयारी तिब्र पारीएको छ। अगामी चैत १० गते बाट सञ्चालन हुने परीक्षाको तयारी तिव्र पारीएको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुृलाका प्रमुख जय राज पन्तले बताए ।
उहाँका अनुसार अहिले सम्म परीक्षा केन्द्र निर्धारण भइसकेको र विद्यार्थीहरुका प्रवेश पत्रपनि सम्बन्धित विद्यालयहरुमा पठाइसकेको एकाइ दार्चुलाका प्रमुख पन्तले बताए। उनका अनुसार विद्यार्थीहरुका लागि उत्तरपुस्तीका पनि जिल्लामा पुगी सकेको र विद्यार्थीको पे्रक्टिकल पनि शिक्षा विकास तथा समन्वय दार्चुला पुगी सकेको उहाँले बताउनु भयो । यस्तै केन्द्राध्यक्ष तोक्ने काम मात्रै बाकी रहेको र त्यसको पनि फागुनको अन्तिम सम्म सक्ने उहाँले बताए ।

अगामी चैत १० गते बाट सुरु हुने एसइइ परीक्षाको लागि दार्चुलाका १६ वटा केन्द्र निर्धारण गरिएका छन् यस्तै ग्रेड वृद्धि विद्यार्थीका लागि एउटा परीक्षा केन्द्र तोएिको छ ।

परीक्षा हुने स्थानहरुमा हिमालय मावि हुती, जनविकास मावि बारबाज, महेन्द्र मावि खलंगा, छन्ना तिकंरी मावि खलंगा, मालिकार्जुन मावि धाप, राष्ट्रिय मावि दत्तु, सरस्ती मावि उकु, कृष्ण मावि लाली, मालिकार्जुन मावि मड, शंङकरपुर मावि पस्ती, गोकुलेश्वर मावि गोकुलेश्वर, लटिनाथ मावि रसकोट, तपोवन मावि पडपडा, गणेश विनायक मावि सिप्टी, लटिनाथ मावि खार र लटिनाथ मावि चन्दनपुर चौपता गरी जिल्लाका १६ वटा केन्द्रहरुमा यस वर्षपनि कक्षा १० को गे्रड वृद्धि परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जय राज पन्तले जानकारी दिनु भयो ।
यस्तै ग्रेड वृद्धि गर्ने विद्यार्थीहरुले जिल्ला सदरमुकाम क्षेत्रमा रहेका विद्यालय मेहेन्द्र मावि र धन्ना तिकंरीमा हुने समन्वय प्रमुख पन्तले बताउनु भयो । यस वर्ष दार्चुला बाट नियमित तर्फ २ हजार ८ सय ६६ जनाले विद्यार्थीले परीक्षा दिने भएका छन् । गे्रड वृद्धि तर्फ २ सय ८८ जनाले मात्रै परीक्षा दिने भएका छन् । यस वर्षको एसईई चैत १० गते आइतबार सुरु भई २१ गते बिहीबार सकिनेछ । बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने शिक्षा विकास समन्वय एकाइ दार्चुलाले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।