लक्ष्मी ऐर
डडेल्धुरा,साउन,२३ गते । लामो समयको प्रतिक्षा पछि हातमा लालपुर्जा पाएपछि खुसीले गदगद भए जोगबुढाका स्थानियबासिन्दाहरु ।
परशुराम नगरपालिका वडा नं. १२ खजुरानी,तुलाभाडीका १२ परिवारले शनिबार एक कार्यक्रमका बिच लालपुर्जा हातमा परेपछि उनीहरुमा खुसीको सिमा रहेन र भने धन्यबाद सरकार पुर्जा पाउन ३८ बर्ष लाग्यो तर बल्ल सपना पुरा भएको महसुस भयो । सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापनक्सा गरेको ३८ वर्षपछि १२ परिवारले जग्गाधनी लालपुर्जा) प्राप्त गरेपछि खुसीले गदगद भएका हुन ।
तत्कालिन जोगबुढा गाविस वडा नं. १ रहेपनि हाल परशुराम नगरपालिका वडा नं. १२ रहेको खजुरानी र तुलाभाडीमा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको थियो र त्यसपछिका आयोगले कामकाज गर्दे आएपनि लालपुर्जा तयार भने केही महिना अघि बिगठन भएको भुमी समस्या समाधान आयोग डडेल्धुराले लालपुर्जा तयार गरेपनि बितरण गर्न नपाउदै सरकारले बिगठन गरिदियो ।

शनिबार एक कार्यक्रमका बिच मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीहरुले उक्त जग्गाधनी लालपुर्जा बितरण गरेका थिए । पाँच वटा आयोगको निरन्तरतापछि छैटौं आयोगबाट बल्ल लालपुर्जा हातमा आईपुग्यो पुर्ब राष्ट्रिय सभा सदश्य एबम स्थानिय नेता चक्रप्रशाद स्नेहीले भन्नुभयो । अब्यबस्थित,सुकुम्बासी,दलित परिवारजनलाई जग्गाधनी लालपुर्जा पाउनुपर्छ भनेको ३८ बर्ष पुरा भएछ बल्ल लालपुर्जामा हातमा पर्न सफल भएपछि स्थानियहरुमा खुसी छाएको स्नेहीले बताउनुभयो । मालपोत कार्यालय जोगुबढाका प्रमुख प्रेमसिह धामीले जग्गाधनी प्रमाणपत्र पुर्जा बिगतको आयोगले तयार पारेपनि बितरण मात्रै अहिले गरिएको जानकारी दिनुभएको छ । भोगचलन र बसोबास गर्दे आएपनि पुर्जा नहुदाँ सरकारी कामकाज गर्दा निकै समस्या भोग्नुपरेको तिथो यर्थातताका बिषयमा समेत चर्चा गरिएको थियो ।



