Amargadhi Post

डडेल्धुरा आन्तरिक राजश्व कार्यालयले उठायो १ अर्ब २९ करोड राजश्व

लक्ष्मी ऐर 
डडेल्धुरा,साउन,२२ गते । बिगतका बर्ष भन्दा यो बर्ष आन्तरिक राजश्व कार्यालय डडेल्धुराले ३४ करोड रुपैयाले राजश्व बृद्धि गरेको छ ।
करदाताको पारदर्शिता र कर तिर्ने अभ्यासमा सुधार आएसँगै आन्तरिक राजस्व कार्यालय डडेलधुराले आर्थिक वर्ष २०८२/८३ मा कुल १ अर्ब २९ करोड ५३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो । जुन बिगतका बर्ष भन्दा अत्यधिक बढी राजश्व सकंलन भएको हो ।
आन्तरिक राजस्व कार्यालय डडेलधुराका प्रमुख गगन बहादुर शाहीले दिएको जानकारी अनुसार सङ्कलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा आयकरको बताईएको छ । कार्यालयले आयकरतर्फ ८६ करोड ३७ लाख ७९ हजार रुपैयाँ र मूल्य अभिवृद्धि कर बाट ३८ करोड ९७ लाख २९ हजार रुपैयाँ र अन्तःशुल्कबाट ४ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।
व्यवसायीहरूमा कर प्रणालीको चेतना स्तरबृद्धि हुनु र आयस्रोत क्रमशः पारदर्शी बन्दै जानु र स्वघोषणा गरी कर तिर्ने बानीमा सुधार आउनु नै राजस्व सङ्कलन बढ्नुको प्रमुख कारण रहेको कर अधिकृत शाहीले बताउनुभयो । पहाडी क्षेत्रमा कर सम्बन्धी सचेतना र कानुनी दायरा विस्तार हुँदै जाँदा आगामी दिनमा थप राजस्व वृद्धि हुने बिश्वस्त रहेको उहाँको भनाई थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।