Amargadhi Post

कांग्रेसमा अनुशासन कारबाहीुविरुद्ध शेखर कोइराला पक्षको भेला

अमरगढी पोष्ट समाचार
काठमाण्डौं,असार,३० गते । कांग्रेसका पुराना नेता तथा कार्यकर्तालाई अनुशासनको नाममा पार्टीबाटै निष्कासन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै नेता शेखर कोइराला समूह संस्थापन पक्षसँग चिढिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले पक्षधरता देखाएर आफ्नो समूहका नेता तथा कार्यकर्तालाई छानीछानी कारबाही गरेको भन्दै संस्थापनइतर पक्ष आक्रोशित भएको हो । इतरपक्षको नेतृत्व गरेका नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेरै अनुशासन समितिको कारबाहीप्रति आपत्ति जनाएका छन् भने उनको समूहले सोमबार राजधानीमा विरोध भेलासमेत सम्पन्न गरेको छ ।

इतर पक्षका दोस्रो तहका नेताले आयोजना गरेका भेलामा कोइराला र केही वरिष्ठ नेता सहभागी थिएनन् । पार्टीबाट निष्कासनमा परेका अधिकांश नेता तथा कार्यकर्ताको उपस्थितिमा गरिएको भेलामा इतरपक्षीय युवा नेताले नवप्रवेशी धनाढ्यहरुको राजनीतिक सुरक्षाका लागि नेतृत्वको इसारामा अनुशासनको ‘डन्डा’ चलाएको बताए । उनीहरुले यसका विरुद्ध देशव्यापी दबाबमूलक कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन् । केन्द्रीय सदस्य आनन्द ढुंगाना नेतृत्वको अनुशासन समितिले असार १५ गते विज्ञप्तिमार्फत १८ जनालाई निष्कासन र ५ जनालाई निलम्बन तथा नसिहत दिने निर्णय सार्वजनिक गरेको थियो । पार्टीबाट निष्कासनमा पर्नेमा पूर्वमन्त्रीदेखि पूर्वसांसद, पूर्वजिल्ला सभापति छन् र उनीहरु अधिकांश इतरपक्षका नेता हुन् ।

अनुशासन समितिले तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका प्रदेश महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई, पर्साका क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई १ वर्ष र धनुषाका आनन्द यादवलाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । त्यस्तै, धनुषाका खटरु यादव, रामबाबु यादव, फुलगेन यादव, कास्कीकी भावना श्रेष्ठ, कैलालीका भीमबहादुर शाह, पूर्णकुमार कुँवर, आनन्दराज जोशी, रवीन्द्रप्रताप सिंह, लेखराज ओझा, सुभाष चन्द, बब्लुकुमार चौधरीलाई ६ महिना र कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाका लागि निलम्बन गर्ने निर्णय भएको छ । २०७९ को निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध सामाजिक सञ्जाल, अडियोरभिडियो लगायतका माध्यमबाट असहयोग गरेको र स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको समितिको दाबी छ ।


खोटाङका जिल्ला सभापति विष्णु राईलाई एक वर्ष निष्कासन गर्नुमा ०७९ को चुनावमा एकीकृत समाजवादीको उम्मेदवारलाई भोट नहालेको विषयलाई मुख्य कारण बनाइएको छ । जबकि अहिले एकीकृत समाजवादी कांग्रेसँगको गठबन्धनमा नभएर विपक्षी मोर्चामा छ भने कांग्रेस सरकारमै छ । त्यस्तै, नवलपरासीका महासमिति सदस्य राधेश्याम पाठकविरुद्ध फेसबुकमा स्टाटस लेखेको आधारमा कारबाही गरिएको छ । उनलाई फेसबुकमा नेतृत्वको तस्बिर राखेर अमर्यादित स्टाटस किन राखिएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

केन्द्रीय सदस्य गोविन्द पोखरेलले चुनावका नाममा भएका गठबन्धनले पार्टीभित्र विकृति विसंगित ल्याएको भन्दै अहिले भइरहेका कारबाही एकपक्षीय र पूर्वाग्रही रहेको बताए । उनले अनुशासन समितिले गरेको कारबाही केन्द्रीय कार्यसमितिबाट उल्टिने विश्वास व्यक्त गरे । ‘म ०७४ मा एउटा पार्टीसँग, ०७९ मा अर्को पार्टीसँग गठबन्धन गर्ने नेतृत्वलाई यसरी छाडा छोडियो भने ०८४ मा एमालेसँग अर्को गठबन्धन बन्छ,’ पोखरेलले भने, ‘नवलपरासीमा विनोद चौधरीले पनि चुनाव जिते, कास्कीमा विन्दु थापाले पनि चुनाव जिते । तर, लुम्बिनीका प्रदेश महामन्त्री र कास्कीका पूर्व जिल्ला सभापतिमाथि किन कारबाही ’ । संस्थापनइतर पक्षले पार्टीको आगामी १५ औं महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो समूहका अगुवा नेता तथा कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको आरोप लगाएको छ । लुम्बिनीका प्रदेश महामन्त्री खनाललाई कारबाही गर्नका लागि व्यवसायी विनोद चौधरी र कास्कीका जिल्ला कार्यसमितिका पूर्व सभापति कृष्ण केसीलाई कारबाही गर्न व्यवसायी एवं प्रदेशका मन्त्री विन्दु थापा नै लागेको आरोप इतर पक्षले लगाएको छ । दुवै जना कांग्रेस राजनीतिमा पछि आएका हुन् ।

चौधरी नवलपरासी–१ बाट निर्वाचित संघीय सांसद हुन् भने थापा कास्की–२ को प्रदेश क्षेत्र १ बाट निर्वाचित । निर्वाचित भएका क्षेत्रमा पनि अनुशासनको नाममा किन कारबाही गरियो भन्ने प्रश्न गर्दै भेलामा कास्कीका पूर्व जिल्ला सभापति कृष्ण केसीले पार्टी नेतृत्वप्रति प्रश्न गर्दै भने, ‘अनुशासन समितिका सदस्यहरुकै पार्टीमा उजुरी छ । उनीहरुका विरुद्ध किन छानबिन हुन सकेन रु के पार्टीका नवप्रवेशी धनाढ्यहरुको राजनीति जोगाउन पुराना कार्यकर्ताको भविष्य सिध्याउनुपर्ने भएको हो रु’

ढुंगाना नेतृत्वको पाँच सदस्यीय अनुशासन समितिमा इतर पक्षका सञ्जय गौतम र राजीव कोइरालाको असहमतिका बाबजुद बहुमतको आधारमा निर्णय गरिएको थियो । निर्णयको पक्षमा संस्थापन पक्षका संयोजक ढुंगाना, ईश्वरी न्यौपाने र ध्रुव वाग्लेको समर्थन थियो भने दुईजनाले विधान र परम्परासमेतको विरुद्ध रहेको भन्दै निर्णयमा असहमति जनाएका छन् ।

पार्टी नियमावलीमा अनुशासन कारबाही ६ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था छ । कोइराला निकट नेता गुरुराज घिमिरेले पार्टीको विधान र परम्परा समेतको विरुद्धमा पुराना नेता तथा कार्यकर्ताको राजनीतिक भविष्य नै सिध्याउने गरेर कारबाही गरिएको बताए । कारबाही फिर्ता नलिएमा देशव्यापी विरोध गर्ने उनले बताए ।

लुम्बिनीका प्रदेश महामन्त्री खनालको कारबाहीका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा समेत नेता शेखर कोइराला र केद्रीय सदस्य विनोद चौधरीबीच नोकझोँक चलेको थियो । भेलामा कतिपयले अनुशासन समितिको कारबाहीका विरुद्ध केन्द्रीय समितिमा पुनरावेदन गरिने बताए भने कतिपयले पुनरावेदन नगरी संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए ।

‘०४६ सालको जनआन्दोलनमा जेल पर्दा एकपटक माफ माग, तिमीलाई जेलबाट निकालिदिन्छौं भनेर आएका थिए । त्यस्तो बेलामा त माफ नमागेर यो पार्टीमा लागियो भने अहिले केही अराजनीतिक मान्छेको राजनीति जोगाइदिनका लागि किन पुनरावेदन गर्ने रु’ कास्कीका पूर्वसभापति केसीको भनाइ थियो, ‘बरु पार्टीभित्र सघर्ष गरौं । पुनरावेदन नगरौं ।’

युवा नेता देवराज चालिसेले पुराना, त्यागी नेता तथा कार्यकर्ताको राजनीतिक भविष्य सिध्याएर कांग्रेस विनोद चौधरी र आरजु राणाहरुको पार्टी बन्न लागेको भन्दै आक्रोश पोखे । ‘कारबाही विधानसम्मत भएन, परम्परा पनि थिएन । अनुशासनको उल्लंघन कति बेला हुन्छ रु रोगको उपचार गर्ने कि लक्षणको उपचार गर्ने रु’ चालिसेले भने, ‘प्रजातान्त्रिक पार्टीमा कस्तो अवस्थामा अनुशासनको कारबाही हुन्छ रु खोजी गरिनुपर्छ । फेसबुकमा लेखेको भरमा समेत कारबाही गरिएको छ, यो कारबाही पूर्वाग्रही छ ।’इतर पक्षका नेताहरुले कारबाहीका विरुद्ध वैधानिक प्रक्रिया अवलम्बन गर्दै फिर्ताका लागि देशव्यापी दबाब पनि बढाउने रणनीति बनाएका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।