Amargadhi Post

तिनतहका सरकार बिचको समन्वय र सहकार्य आबश्यक ः मुख्यमन्त्री भट्ट

लक्ष्मी ऐर
अमरगढी,भदौं,३० गते । सुदूरपश्चिम प्रदेशसभाका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टले तिनवटै सरकारका बिच समन्वय र सहकार्य आबश्यक भएको बताउनुभएको छ ।
नेपाल नगरपालिका संघको सुदुरपश्चिम प्रदेश समितिको प्रथम अधिबेशनलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री भट्टले तिनतहका सरकार बिच समन्वय,सहकार्य र सहअस्तित्व अबलम्बन हुनुपर्नेमा जोड दिनुभयो । स्थानिय सरकारले प्रदेश सरकार प्रति गुनासो राख्ने र प्रदेश सरकारले संघिय सरकार प्रतिको गुनासो राख्दै जानुले मुलुकको समृद्धी कसरी सम्भब छ मुख्यमन्त्री भट्टले भन्नुभयो— गुनासो गर्ने हाईन समन्वय र सहकार्यमा जोडदिनुपर्छ ।
जनताको लामो त्याग तपश्याबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्नुहुदै उहाँले सरकारका कृयाकलाप र गतिबिधीका कारण बढ्दो असन्तुष्टी रहेको बताउनुभयो । तिनै तहका सरकारबाट जनता आशाबादी भन्दा पनि बढी निरासाबादी भएका छन उहाँले भन्नुभयो— हामीले आशा जगाउन सकेनौ भने कसले आशा जगाईदिने हो यो बिषयमा समिक्षा गर्नु जरुरी रहेको औल्याउनुभयो । ब्यबस्था फेरियो अबस्था उस्तै भनेजस्तो देखिन्छ मुख्यमन्त्री भट्टले भन्नुभयो—हामी बढीजसो अधिकारकै सवालमा लुछाचुढी गरिरहेका छौं ।
सिहदरबारको अधिकार गाँउगाँउसम्म भन्यौं तर साच्चै कार्यान्वयन भईरहेको छ त ? बिकास निर्माण र बजेटको सदुपयोग र सुशासन,पारदर्शिता अबलम्बन गराउन सक्यौ की सकेनौं आफुतिर केन्द्रीत भएर सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
सबैभन्दा नजिकको सरकार स्थानिय सरकार हुन तर स्थानिय सरकार बढी जनमैत्री र भ्रष्टाचार रहित बन्न सक्नुपर्नेमा चुनौती रहेको बताउनुभयो । बजेट निर्धारणगर्दा स्थानिय तहबाट सुरु भएर संघिय सरकारबाट अन्तिम रुपदिन सकिने अबस्था सिर्जना भए योजना र बिकासमा दोहोरोपना हट्ने थियो मुख्यमन्त्री भट्टले भन्नुभयो— तिनै तहका सरकारका योजनाहरुमा कहि न कहि डुब्लीकेशन भईरहेको अनुभुती हुन्छ । जनताको आशा र अपेक्षा प्रति कामगर्न सकेनौं भने निरासा बढ्नु स्वभाबिक नै हो त्यसैले हामीसबै मिलेर परिणाम दिन सक्नुपर्छ मुख्यमन्त्री भट्टको भनाई थियो । नगरपालिका संघका सुदुरपश्चिम प्रदेश अध्यक्ष केशबबहादुर चन्दको सभापत्विमा दुई दिनसम्म संचालन हुने अधिबेशनको उद्घाटनशत्रमा नगरापलिका महासंघका केन्द्रीय अध्यक्ष अशोक बेन्जु,जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्ट,प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेल,गाउपालिका महासंघका केन्द्रीय सदश्य उमेश भट्ट (बिकास) पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउद,उद्योग बाणिज्य संघका महासचिब खेमराज अबस्थी लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए । अधिबेशनले नया नेतृत्व चयन गरि अधिबेशन सम्पन्न गरिने आयोजकले जनाएको छ । अधिबेशनमा सुदुरपश्चिम प्रदेशका ३४ नगरपालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।