Amargadhi Post

हार्दिक अपिल

मुलुकको बिशम परिस्थती र देश जलीरहेको बेला हरेक परिबर्तनको नेतृत्व गरिरहेको झण्डै १२ हजार भन्दा बढी सदश्य रहेको संस्था नेपाल पत्रकार महासंघ र नागरिक समाज सडकमा आउन जरुरी छ । भ्रष्टाचारको अन्त्य र युबाहरुको नेतृत्वमा देश संचालन गरिनुपर्छ भन्दै जेएनजीको नेतृत्वमा मिति २०८२ भदौ २३ गते सुरु भएको आन्दोलनका क्रममा सरकारको निर्देशनमा गैर जिम्मेवार तरिकाबाट निहत्था आन्दोलनकारी माथी बर्बर दमन गर्दे २३ जनाको सहादत र सयौं जना घाईते बनाएको घटनाले सत्बध बनाएको छ र मृतक प्रति हार्दिक श्रदाञ्जली र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहान्छु । सुरक्षा दिने निकायहरुको अर्कमण्यता र र्गैर जिम्मेवारीपनका कारण प्रर्दशनमा उत्रिएका आन्दोलनकारीहरुले सरकारी भौतिक संरचना देखि ब्यक्तिगत सम्पत्तीमा आगो दन्कीरहदा सम्म टुलुटुल हेरेर बसेको घटना हाम्रो मनसपटलमा कैद भएको छ । राष्टपति, प्रधानमन्त्री,संसद भबन, सर्बाेच्च अदालत,पार्टि कार्यालयहरु र सरकारी भबनहरु देशैभर जलेर खरानी भए र प्रधानमन्त्री स्वयम सुरक्षाको अभाब देखाउदै राजिनमा दिए तर देशले निकास पाउन किन ढिलाई भईरहेको छ । प्रधानमन्त्रीको राजिनामा पछि नेपाली सेनाको हातमा सरकारको बागडोर गएपछि कर्फयु लाग्यो र सोही समयमा पनि धनजनको ठुलो क्षती भएको छ । यस्तो बिसम परिस्थतीमा आन्दोलनको नेतृत्व गर्ने जिएनजी बिभाजीत अबस्था र लक्ष्य र उदेश्य बिहिन बनेको देखिन्छ । उता सेनाले दुर्गा पसाई,पुर्ब प्रधानन्याधिस शुशिला कार्की र काठमाण्डौका मेयर बालेन शाह धरानका मेयर हर्क सापाङ,राजाबादी र रास्वपाहरु संग सरकार निर्माणका लागी छलफल गरिरहेको दृशयहरु बाहिर आईरहेका छन यो के ठिक हो ? समिक्षा गरौं यो कसरी भईरहेको छ बुझ्न ढिलाई नगरौं । नेपालका राजनितिक दलहरु सडकमा आउन सक्ने अबस्थामा छैनन उनीहरु असुरक्षित महसुस गर्दे घरभित्र नजरबन्दमा छन । राष्टपति कहा छन के गरिरहेका छन उनको कुनै प्रतिकृया आएको छैन सभामुख र ाष्टिय सभाका अध्यक्ष कहा छन के गर्देछन उनको आधिकारीक प्रतिकृया आउन सकीरहेको छैन मुलुकको अबस्था निकै जटिल बन्दै गईरहेको छ । सेनाको संरक्षणमा बसीरहेका राष्टपतिलाई नेपाली सेनाले राजिनामा दिन दबाब दिईरहेको सुचना बाहिर आईरहेका छन । भारत सरकारले नेपालमा सेना पठाउन दबाब दिईरहेको सुचनाहरु बाहिएका छन यस्तो अबस्थामा अब देश बचाउने की जल्न दिने यसको जवाफ हामीले दिन सक्ने कि नसक्ने सोचनिय बिषय भएको छ । त्यसैले हरेक परिबर्तनमा अहम भुमिका रहेको संस्था नेपाल पत्रकार महासंघ लगायतका नागरिक संघ संस्थाहरुले खबरदारी गर्न जरुरी छ । आन्दोलनका सामु घुणा टेकेको नेपाली सेना र अन्य सुरक्षा निकायहरुबाट देशले निकास पाउन सक्र्दैन भन्ने मेरो ठम्याई हो । देश जलीरहदा र सरकारको प्रमुख भाग्नुपर्ने अबस्था सिर्जना हुदाँ सम्म सुरक्षा दिन नसक्ने निकायबाट देशमाथीको खतराको सामना होला भन्ने कल्पना गर्न सकिदैन । देशमा पुन राजतन्त्र ब्युताउने एकातिर सल्बलिएका देखिन्छन भने अर्काेतिर मित्रराष्ट भारत नेपाल कब्जा गर्ने दाउमा लागीरहेको देख्न सकिन्छ त्यसैले ढिलो नगरी आह्वान गरौं देश बचाउन सम्पुर्ण देशभक्त युबाहरुलाई संडकमा उत्रिनका लागी । देशलाई अनिर्णयको बन्दी बनाई राख्नु किमार्थ ठिक छैन प्रधानमन्त्रीले राजिनामा दिएको दुई दिन बितिसक्यो निकास आउन सकेको छैन बिभिन्न चलखेल भईरहेको छ । लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो ? नेताहरुको अर्कमयण्ताले यो स्थिती सिर्जना गरेको हुन सक्छ तर लोकतन्त्रलाई समाप्त गर्ने र मौकामा चौका हान्ने दाउमा रहेका राष्टघाती र देशद्धोहीहरुबाट जोगाउ । जेएनजीले संचालन गरेको पबित्र आन्दोलनमा घुसपैठ भएर ठुलो धनजनको क्षती संगैं मुलुक संकटको सामाना गरिरहेको यो परिस्थतीमा तपाई हामी देश बचाउन किन सडकमा नआउन सक्ने यसको जवाफ दिनुपर्छ भन्ने मेरो मान्यता सहित यसको नेतृत्व लिन सम्बन्धित निकायहरुलाई आह्वान गर्न चाहान्छु धन्यबाद ।
मानबहादुर साँउद
उपाध्यक्ष नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति
मिति २०८२ ÷०५÷ २६ गते ।
Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।