Amargadhi Post

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,पुस २ गते। बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार प्रमुख भट्टसहित तत्कालीन सब–इन्जिनियर गणेश राज उपाध्याय, तत्कालीन लेखापाल हर्क देव जोशी, खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

खेल मैदान निर्माण तथा सुधारका लागि आर्थिक वर्ष २०७६र७७ मा सङ्घीय युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र सङ्घीय सांसद विकास कोषबाट विनियोजन भएको १५ लाख बजेट विनियोजन भइ सो कार्य सम्पन्न गर्नको लागि आर्थिक वर्ष २०७५र७६ मा गठन भएको बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिलाई निरन्तरता दिइ सोही उपभोक्ता समितिसँग सम्झौता भएको देखिएको आयोगले जनाएको छ। यसैगरी, आर्थिक वर्ष २०७६र७७ मा सङ्घीय युवा तथा खेलकुद मन्त्रालय र सङ्घीय सांसद विकास कोष दुई फरक(फरक स्रोतबाट बित्थड खेल मैदानको लागि बजेट विनियोजन भएकोमा दुई फरक बजेट कार्यक्रमको लागि छुट्टै लागत अनुमान बनाइ खर्च गर्नुपर्नेमा एकै लागत अनुमानलाई देखाइ एकै आर्थिक वर्षमा एउटै उपभोक्ता समितिसँग दोहोरो सम्झौता गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।

आयोगका अनुसार उनीहरुविरुद्ध बझाङको बित्थडचिर गाउँपालिका वडा नं। १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारले पूर्व गाउँपालिका अध्यक्षसँग मिली खेल मैदान निर्माण गर्दा कमसल निर्माण सामाग्री प्रयोग गरेको, प्राविधिक रुपमा उक्त ठाउँको डिपिआर नगरी निर्माण गरेको, काम सम्पन्न नगरी रकम हिनामिना गरेको आरोप लागेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ उनीहरुविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।