Amargadhi Post

एमाले ११औँ महाधिवेशन स् ९८.०४ प्रतिशत मत खस्यो, केही बेरमा परिणाम आउने

अमरगढी पोष्ट समाचार
काठमाडौं, पुस ३। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा ९८.०४ प्रतिशत मत खसेको छ ।

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान केही बेर अघि सकिएको हो । निर्वाचन आयोगका अनुसार कुल २२ सय ६३ प्रतिनिधिमध्ये २२ सय २७ जनाले मतदान गरेका छन् । मतदान प्रक्रियामा ३६ जना प्रतिनिधि अनुपस्थित रहेका छन्।

उच्च सहभागितासँगै विद्युतीय मतदान मेसिनमार्फत गरिएको मतदान प्रक्रिया शान्त र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतगणना प्रक्रिया चाँडै सुरु हुने तयारी भइरहेको छ। केही समयमा नै मतपरिणाम आउने छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।