अमरगढी पोष्ट समाचार
डडेल्धुरा,पुस,४ गते । डडेल्धुरा अस्पताल बिगत केही बर्षदेखि लुट धन्दामा केन्द्रीत रहदै आएको जनगुनासो ब्यापक छ । बिरामीहरुलाई सहज रुपमा उपचार सेवा दिनमा नत अस्पताल प्रशासकको नत बिकास समितिको कसैको पनि ध्यान जान नसक्दा अस्पताल थला परेको छ । यही मौकामा केही ब्यक्तिहरु कमाउधन्दाका रुपमा अस्पतालाई उपयोग गर्न थालिएको गम्भिर आरोप लागेको छ ।
अस्पताल प्रशासकले कर्मचारी भर्तिकेन्द्र,भौतिक संरचना निर्माण कार्यालय प्रयोजनका लागी खरिद गरिने बिभिन्न आबश्यक सरसमान देखि मसलन्द र उपकरण खरिदहरुमा समेत आर्थिक चलखेलको गन्ध आउन थालेपछि अस्पताललाई स्वास्थ्य संस्थाका रुपमा नभई भ्रष्टाचारको आखडाका रुपमा चित्रण गर्न थालिएको छ ।
अस्पतालको सेवा सुबिधामा गुणस्तर बृद्धी गर्ने देखि उपचार सेवामा छिटो छरितो दिन अस्पताल प्रशासकको ध्यानाकर्षण गर्दा समेत बेवास्ता गरिएको नागरिक समाज डडेल्धुराको आरोप छ । अस्पतालको सेवा सर्भिसमा खासै ध्यान जान नसक्दा दिन प्रति दिन अस्पताल प्रतिको बितृष्णा जनस्तरको बढ्न थालेको छ । अस्पतालमा एक्सरे मेसिन बिग्रीएको झण्डै ६ महिना पुग्न थाल्यो नत मर्मत हुन सक्यो नत समयमै खरिद गरेर सेवा दिन सक्यो यो एक उदाहरण मात्रै हो यस्ता चरम लार्पवाही अस्पताल प्रशासकका कति छन कति सुधार गर्ने पक्षमा नदेखिएपछि बिरामीहरुले समस्या झेलीरहेका छन ।
अस्पतालमा बिभिन्न रोगका बिशेषज्ञ डाक्टरहरुको दरबन्दी छ तर कहिल्यै पदपुर्ति हुन सकिएन तर अस्पतालले आफ्ना मान्छेहरुलाई रोजगारीका नाममा गैर प्राबिधिक जनशक्ति समय समयमा थप्दै राज्यकोषको चरम दुरुपयोग भने रोकिएको छैन,यस्तो बहमलुट कहिले सम्म हो जनजनको प्रश्न छ । अस्पतालमा गैर प्राबिधिक कर्मचारी भन्दा पनि प्राबिधिक कर्मचारी र त्यसमा पनि दक्ष जनशक्तिलाई राख्नुको सट्टा तेरो मेरो भन्ने नाममा कर्मचारी भर्तिकेन्द्रका रुपमा अस्पताललाई प्रयोग गर्न थालिएको कसैले नकार्न सक्दैन । अस्पताल भित्र भएका आर्थिक बेथीती र उपकरण खरिदका नाममा भएको चरम आर्थिक अनियमितता भएको भन्दै बषौं देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीहरु समेत आर्थिक चलखेलका कारण निष्पक्ष छानबिन हुन नसकेर थाती रहदै आएका छन ।
डडेल्धुरा अस्पतालले केही दिन अगाडी आबश्यक कर्मचारीका लागी सुचना आह्वान गरेको थियो । उक्त सुचनामा केही राजनितिक दलका नेताहरुले कर्मचारी भर्तिको नाममा लिईएको सुचना प्रक्रिया अबैधानिक र पारदर्शितापुर्ण हुन नसक्ने भन्दै बिरोध जनाएपछि अस्पताल प्रशासनले एकाएक सु्चना स्थिगीत गरेर आफ्नो कमजोरी स्विकार गरिसकेको छ । तर बिडम्बना यस्तै सुचना प्रकृयाबाट कैयौं ब्यक्तिहरुलाई अस्पतालमा राखिएको छ तर यो पटक किन बिरोध भयो र किन भेकेन्सी एकाएक स्थिगित भयो ? यो भित्रको रहश्य अबश्य सार्बजनिक हुनेनै छ । एउटा कमजोरी स्विकार गरेको हप्ता दिन नबित्दै अस्पतालले आर्थिक चलखेलका नाममा सुबिधा सम्पन्न भबन भत्काएर लाखौ रुपैयाका कोटेशन बाँड्ेर सोही भबनमा कामकाज सुरु गर्न थालिएको छ किन टेण्डर मार्फत हुन सकेन किन दर्जन बढी कोटेशन बितरण गरियो त यसको जवाफ अस्पताल प्रशासनले दिन सकिरहेको छैन ।

झण्डै ५० लाखका कोटेशन बनाएर बिभिन्न ब्यक्तिहरुलाई दिएर धमाधम काम भईरहेको छ तर त्यही रकममा अनयत्र ठाँउमा बनाउने हो भने त्यती पैशमा राम्रो संरचना निर्माण हुन्छ भएको संचरना किन भत्काईयो किन कोटेशन मार्फत काम हुदै छ पत्रकार भट्टको भनाई थियो ।
यस बिषयमा अस्पतालका मेसु संग फोन सम्पर्क गर्दा उहाँले फोन रिसिभ गर्नु भएन । पटक पटक फोनमा घण्टी बजीरहेको भएपनि रिसिभ हुन नसकेपछि अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझालाई सम्पर्क गर्दा मिटिङमा रहेको जानकारी दिएपनि उनको पनि कुनै प्रतिकृया आउन सकेन । डडेल्धुरा अस्पताल सुदुरपश्चिमको एक मात्रै संघिय अस्पताल हो । यो अस्पताल रिफरल अस्पतालका रुपमा परिणत हुन थालेपछि बेलाबखतमा सुझाब सल्लाह दिदै थप सेवालाई प्रभाबकारी बनाउन आग्रह गर्नेहरुलाई पछिल्ला दिनहरुमा अस्पतालका समिक्षा बैठक देखि अन्य कार्यक्रमहरुमा समेत बोलाउन छाडीएको जनगुनासो छ ।

अस्पताललाई कर्मचारी भर्तिकेन्द्र र कमाउधन्दा बनाउन थालेपछि अस्पतालको सेवा सुबिधा दिन प्रतिदिन खस्कदै गईरहेको आभास हुन थालेको छ । अस्पताललाई मनपरि ढंगबाट संचालन गरिन थालेपछि कुन दिन अस्पताल बिरुद्धको जनस्तरको आक्रोश छताछुल्ल हुने हो त्यो भने हेर्न बाँकी छ । त्यसको सामाना गर्ने सार्मथ्यता अस्पतालले बनाउन जरुरी छ । केही महिना अघि मात्रै यस्ता बिकृती बिसगती र राज्य संचालकहरुको मनपरिका बिरुद्धमा गरिएको जेनजी आन्दोलन पछि नया सत्ताको बागडोर पुर्ब प्रधानन्यायधिस शुशिला कार्की नेतृत्वका नागरिक सरकार बनेको छ तर सत्ता फेरिएपनि अबस्था भने फेरीएको छैन । जेनजीले गरेको बिद्धोहले ठुलो क्षती मात्रै होईन सत्ता उलट पुलट भयो तर शासक र कर्मचारीतन्त्रमा कुनै तात्वियक भिन्नता देखिदैन झन आर्थिक अनियमितता र मनपरितन्त्रको स्वरर्णीेम युग अथ्र्याउन थालिएको छ ।


