मानबहादुर साँउद
डडेल्धुरा,पुस,८ गते । शिब शिखर सहकारीका पिडितहरुको एउटै स्वर छ,न पैशा मिल्यो न न्याय नै पाईयो भन्दै पिडा पोख्दै हिड्नु भएको छ । डडेल्धुराबाट मात्रै झण्डै ४० करोड रुपैया निक्षेप संकलन गरेर दुई बर्ष देखि बन्द अबस्थामा रहेको शिब शिखर बहुउदेश्यिय सहकारी संस्था लिमिटेडका ६ हजार बचतकर्ताहरु पिडित भएका हुन ।
आफ्नो बचत रकम फिर्ताका लागी २०८० साल माघ २१ गतेका दिन सहकारीका बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा दायर गरिएको थियो । उक्त मुद्धा जिल्ला अदालतमा बिचाराधिन अबस्थामा रहेको छ । १६ जनालाई प्रतिबादी बनाएर मुद्धा दायर गरिएको पिडित बचतकर्ताहरुको दुई बर्ष बितिसक्दा पनि नत न्याय मिलेको छ न त बचत रकम फिर्ताको सुनिश्चितताको ज्ञारेन्टी हुन सकेको छ ।
जिल्ला अदालत डडेल्धुरामा मुद्धा दायर भएको भएपनि अहिले सम्म एकजना बाहेक सबै फरारको सुचीमा छन पक्राउ परेर अनुसन्धान हुन नसकेको बताईएको छ ।
जिल्ला अदालत डडेल्धुराका श्रेस्तादार दिपेन्द्र बिष्टले दिएको जानकारी अनुसार १६ जना प्रतिबादी मध्ये अमेशराज भण्डारीले अदालतको सम्पर्कमा आएका छन अरु सबै फरारको सुचीमा छन प्रहरीले खोजतलासका लागी पत्रचार गरिएको बताउछन ।
४० करोड ७० लाख ३३ हजार ४२३ रुपैयाको बिगो माग दाबी गरिएको भएपनि आरोपितहरु सम्पर्क नआएको श्रेष्तादार बिष्टले जानकारी दिनुभयो । आफुले निकै दुख गरेर छोरा छोरीको भबिश्य हेरेर बचत गरेको रकम सहकारीले खुलेयाम खाईदियो र अहिले फरार अबस्थामा छ हाम्रो पिडाको सुनुवाई राज्यले नगर्ने हो भने कसले गरिदिने हो ? पिडित बचतकर्ता दिपक पन्तको गुनासो थियो ।
आफुले खाईनलगाई गरेको बचत रकम हिनामिना गरि फरार रहेको उक्त सहकारीका संचालक देखि कर्मचारी सम्म कानुनी कारबाही हुनुपर्नेमा माग समेत पन्तले राख्नुभयो ।
ब्यपारका लागी बैंकबाट रिण निकालेर सहकारीमा ब्याजको प्रलोभनमा सहकारीमा जम्मा गरे तर सहकारीले उक्त पैशा खाईदियो र फरार अबस्थामा घरखेत लिलाममा चढेको छ आफन्तहरुलाई मुख देखाउन लाज लागेर आउछ उहाले दुखेसो पोखे ।
यो पिडा उनको मात्रै होईन अधिकासको पिडा यस्तै हो अर्का बचतकर्ता सुनिता भाटले भनिन— आफुले दाउरा र दुध बेचेर साहुको रिण नतिरेर जम्मा गरेको बचत रकम हो पैशा खाई दियो अब कसरी घरधन्दा चलाउ कसरी रिण तिरौं भन्दै मर्नु र बाच्नुको दोशाधमा पुगेको बताउनुभयो । काठमाण्डौंको भक्तपुर सल्लाघारीमा केन्द्रीय कार्यालय रहेको शिबशिखर बहुउदेश्यिय सहकारी संस्था लिमिटेडले देशभका १९ जिल्ला र ४२ वटा ठाउमा मार्ट र सहकारी संस्था खोलेर काम गर्दे आएको थियो । डडेल्धुरामा पनि २०७१ सालमा स्थापना गरेर मार्ट पसल र सहकारी संचालन गरेर झण्डै ४० करोड रकम निक्षेप संकललन गरेको थियो भने २ करोड रुपैया लगानी गरेको देखिन्छ पिडित बचतकर्ता संर्घष समितिका संयोजक मानबहादुर साँउदले जानकारी दिनुभयो ।
उक्त सहकारीले डडेल्धुरा,डोटी,अत्तरिया,धनगढी,कञ्चनपुर लगायतका क्षेत्रबाट झण्डै ३ अर्ब रुपैया निक्षेप सकंलन गरि हिनामिना गरेको हो । बचतकर्ताहरुको रकम फिर्ताका लागी जिल्ला देखि समस्याग्रस्त सहकारी ब्यबस्थापन कार्यदल सम्म पटक पटक छलफल गरयौं र फिर्ताका लागी पहल गरिएपनि उपलब्धीमुलक परिणाम आउन नसकेको सयोजक साँउदले बताउनुभयो ।
सहकारी पिडितहरु न्यायका लागी आन्दोलित छन आफ्नो बचत रकम फिर्ताका लागी पहल गरिरहनु भएको छ तर सुनुवाई हुन नसक्दा राज्य प्रति आक्रोश पोखीरहेका छन । हुन पनि हो राज्यले समस्याग्रस्त सहकारीलाई बर्खास्त गरेर समस्याग्रस्त सहकारी ब्यबस्थापन गर्ने गरि कार्यदल बनाएर अघि बढेको दुई बितिसक्दा पनि कुनै सु्नुवाई हुन नसक्दा उहाहरुको आक्रोस स्वभाबिक रुपमा लिन सकिन्छ ।
सहकारी पिडितहरुको अवाजलाई राज्यका संयन्त्रले गम्भिरताका साथ लिएको देखिदैन प्रहरी मार्फत देशभर सहकारी संचालक र कर्मचारीका बिरुद्धमा जाहेरी दर्ता गरिएको छ केही ब्यक्तिहरु मात्रै नियन्त्ररणमा आएका छन अरु सबै फरार अबस्थामा छन खैत राज्यको गम्भिर्यता संर्घष समितिका सयोजक साउदले भन्नुभयो । प्रहरीको सुचीमा फरार भनिएका सहकारी पिडकहरु खुलेयाम रुपमा घुमीरहेका छन तर प्रहरी प्रशासनले देखेनदेखे जस्तो गरिरहेको छ । सहकारीका पिडितहरुले आफ्नो बचतरकम फिर्ता नहुदा सम्म कसैलाई मतदान नगर्ने र मतदानमा भाग नलिनका लागी अभियान चलाउने सम्भाबना उतिक्कै बलियो छ पिडित बचतकर्ता कृष्णसिह भाटले बताउनुभयो । बचतकर्ताहरु न्याय माग्न राज्य संग चिच्चाईरहेका छन तर सुनुवाई हुदैन भने भोट किन दिने र कसलाई दिने भन्दै बहिष्कार गर्ने अभियानमा लाग्छौं भाट जस्तै सयौं पिडितकर्ताहरुको अवाज बनेको छ ।



