Amargadhi Post

काँग्रेस डडेल्धुराद्धारा चियापान कार्यक्रम सम्पन्न
लक्ष्मी ऐर
डडेल्धुरा,असोज,२६ गते । नेपाली काँग्रेस डडेल्धुराले आज बडादशै,दिपावली,छठ र नयाँ सम्बतको अबसर पारेर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुदै नेपाली काँग्रेस डडेल्धुराका सभापती एबम सुदुरपश्चिम प्रदेशका माननीय सांसद कर्णबहादुर मल्लले काँग्रेस अबलम्बन गरेको राष्ट्र,राष्ट्रियता र समाजबाद आजको दिनमा पनि अपरिहार्य रहेको बताउनुभयो ।
जहानीया राणा शासन र पञ्चायती ब्यबस्थाका बिरुद्ध काँग्रेसका तत्कालीन सभापती बिशेश्वर प्रशाद कोईरालाले लिएको समाजबादको निति अहिले पनि उत्तिकै सान्र्दभिक र अपरीहार्यकता रहेको मल्लको भनाई थियो । मुलुक संघिय ब्यबस्था अनुरुप संचालन भईरहेको भएपनि राजनैतिक दुरदृष्टिको अभाब र जहीतही भ्रष्टाचार,दुरासय र जनमैत्री ब्यबस्थाको बर्खिलाप प्रति कटाक्ष गर्नुहुदै दर्गाभवानीले सत्तबुद्धि र सतमार्ग उन्मुख गराउन प्रेरणा मिलोस भन्दै शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता करुणाकर भट्ट,नेकपाका नेता धनबहादुर साँउद,राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदश्य लालबहादुर जाग्री,राप्रपाका केन्द्रीय सदश्य गोबिन्द खडायत,सघिय समाजबादी पार्टिका जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरु,राप्रपाका जिल्ला अध्यक्ष टेकराज पनेरु,अमरगढी नगरपालिकाका नगर प्रमुख बिशेश्वर प्रशाद ओझाले राजनैतिक भित्रको चरमगुटबन्दीको अनत्य शुसासनमैत्री राज्य ब्यबस्था उन्मुख बन्न दुर्गाभवानीले प्रेरणा दिउन भन्दै शुभकामना बाँडेका थिए ।
काग्रेसका संस्थापक नेता बिपिले देखाएको बाटोबाट कतै काँग्रेस बिचलीत त भईरहेको छैन समिक्षा गर्नै प्रेरणा समेत काग्रेसलाई मिलोस भन्दै नेकपाका नेता धनबहादुर साँउदले बिपिको समाजबाद अहिलेको अपरिहार्यता रहेकोमा जोड दिनुभयो । उहाँले सबै राजनितिक पार्टिभित्र त्याग,समर्पण र निष्ठाको राजनिति दिनप्रतिदिन हराउदै गईरहेको प्रति समेत सजग गराउनुभयो ।
चियापान कार्यक्रममा जिल्ला स्थित बिभिन्न संघ संस्थाहरु,राजनैतिकदल,सरोकारवाला निकाय, संचारकर्मी, पार्टिका भातृसंस्थाहरु र स्थानिय जनप्रतिनिधीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।