Amargadhi Post

डडेल्धुरामा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिँदै

लक्ष्मी ऐर (रेडियो नेपाल संम्बाददाता)
डडेल्धुरा,पुस,१३ गते । खेतबारीमा हल गोरु हराउदै गएपछि संस्कृति जोगाउनका लागी भन्दै डडेल्धुराका किसानलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम अघि सारिएको छ । परम्परागत खेती प्रणालीलाई जोगाइराख्ने उद्देश्य सहित जिल्लाका सातवटै स्थानीय तहमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिने भएको हो ।
जिल्लाको परशुराम नगरपालिका,आलिताल गाँउपालिका ,भागेश्वर गाँउपािलका ,अजयमेरु गाँउपालिका,नबदुर्गा गाउपालिका,गन्यापधुरा र अमरगढी नगरपालिकाका गरी दुई सय किसानलाई लक्षित गर्दै प्रतिकिसान पाँच हजार रुपियाँका दरले उपलब्ध गराइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख देबराज भट्टले जानकारी दिनुभयो । छनोट भएका प्रत्येकलाई पाँच हजारका दरले दिईने भनिएपनि दुईसयलाई बितरण गर्नुपर्नेमा झण्डै एक हजार भन्दा बढी आबेदनहरु परेको जनाएको छ । हल गोरु पालेको प्रमाणका रूपमा फोटो, वडाको सिफारिस तथा परम्परागत रूपमा खेती गर्दै आएको विवरण अनिवार्य गरिएको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।
कम आय भएका, दुर्गम क्षेत्रका र हल गोरुबाटै जीविकोपार्जन गर्दै आएका किसानलाई प्राथमिकतामा राखिने भट्टले बताउनुभयो । यस कार्यक्रमका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिमका सबै जिल्लामा बजेट विनियोजन गरेको बताएको छ । आबेदनहरु प्राप्त भईसकेको तर छनौट गर्न निकै सकस भईरहेको कार्यालय प्रमुख भट्टको भनाई छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।