Amargadhi Post

नबदुर्गा गाँउपालिकाको गाँउसभा पालिका उपाध्यक्ष द्धारा बहिष्कार

गाँउसभा सम्पन्न भएको अध्यक्ष अबस्थीको दाबी

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,पुस,१४ गते । नबदुर्गा गाँउपालिका डडेल्धुराको १९ औं गाँउसभा बिबादका बिच सम्पन्न भएको छ । सोमबार सुरु भएको नबदुर्गा गाँउपालिकाको १९ औं गाँउसभाको उद्घाटशत्रमा शुभकामना मनतब्य राख्नुहुदै पालिका उपाध्यक्ष निर्मला बिष्ट बोगटीले बिधी र पद्धती बिपरित गाँउसभा संचालन गरिएकोमा आपत्ती जनाउदै सभा बहिष्कारको घोषणा गर्दे सभाबाट बाहिएपछि बिबादित भएको छ ।
गाँउसभा पछिको महत्वपुर्ण अधिबेशनका रुपमा लिईने हिउदे गाँउसभाले बजेट संसोधन,योजना तर्जुमा,बजेट रकामान्तर र भएगरेका कामहरुको समिक्षा सहित आगामी कार्यक्रमहरु अघि बढ्ने थलोका रुपमा परिणत हुने सभा बिबादित बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोक्काको सरुवा भएको र नँया प्रशासकीय अधिकृत नआउदै हतारहतारमा गाँउसभा गर्नुलाई आशंकाको घेराभित्र हेरिएको छ । गाँउसभालाई सम्बोधन गर्दे पालिका उपाध्यक्ष बोगटीले कार्यपालिका बैठकबाट बजेट संसोधन तथा योजना रकमान्तर सहितका महत्वपुर्ण बिषयहरुमा छलफल नगरिकन गाँउसभामा प्रस्ताबका रुपमा प्रस्तुत गरिनु बिधान र कानुन सम्मत नरहेको बताउनुभयो ।


गाँउसभा हुनुपुर्ब गाँउकार्यपालिकाको पुर्ण बैठकबाट दफाबार छलफल गरेर ऐजेण्डा पास हुन्छ त्यसपछि गाँउसभामा प्रस्तुत गरिन्छ उपाध्यक्ष बिष्टले भन्नुभयो— बिधी र पद्धतीको धज्जी उडाएर हतारहतारमा गाउसभा नाटक रच्नु किमार्थ स्विकार्य छैन ।
गाँउसभामा प्रस्तुत हुने ऐजेण्डका बिषयमा नत कार्यपालिकाको बैठकमा राखियो नत, बिद्यान समिति,सुशासन तथा बिकास समिति र लेखा समिति यि तिनवटा महत्वपुर्ण समितिमा समेत छलफल नै गराएन त्यसकारण मेरो बहिष्कार हो उपाध्यक्ष बिष्टको भनाई थियो ।
पालिकालागी महत्वपुर्ण सभाका रुपमा हेरिएको हिउदे गाँउसभा बिबादरहित बनाउनुपर्नेमा पालिकाका अध्यक्ष र उपाध्यक्षका बिचमै असहमझदारी भएपछि सभा बिबादित बनेको छ । गाँउ सभाले बजेट संसोधन लगायतका महत्वपुर्ण प्रस्ताब पास गरिएको भनिएपनि उपाध्यक्षको असहमतीकै बिचबाट कार्यान्वयन हुन्छ त यो भने चासोका साथ हेरिएको छ ।
उता गाँउपालिका अध्यक्ष लक्ष्मीप्रशाद अबस्थीले गाँउसभाबाट केही महत्वपुर्ण योजनाहरु सहितको बजेट संसोधनका निर्णयहरु पास गर्नुपर्ने भएकाले सभाको आयोजना गरिएको बताउनुभयो । सभामा उपाध्यक्ष बोगटी ज्युबाट शुभकामना मनतब्य सहित केही सुझाबहरु प्रस्तुत भएका हुन तर बहिष्कार नै भएको होईन यसलाई आगामी दिनहरुमा सुधार गरेर लैजानुपर्नेमा अध्यक्ष अबस्थीले जोड दिनुभयो । गाँउसभा बिधी र पद्धती अनुरुप संचालन भएन नि प्रमुख प्रशासकी अधिकृतको अनुउपस्थिती र कार्यपालिकामा सभामा प्रस्तुत हुने ऐजेण्डाका बिषयमा छलफल नै नगरि एकाएक सभामा प्रस्ताब लैजानु भयो नि भन्ने प्रश्नमा अध्यक्ष अबस्थीले बजेट कार्यान्वयमा थुप्रै समस्या र चुनौतीहरु देखा परेकाले सहज बनाउन सभाबाट म्यान्डेट लिईएको बताउनुभयो ।

 गाउसभाले एकमतका साथ बजेट संसोधन प्रस्ताब सहितका निर्णयहरु परित भएका छन उपाध्यक्षको असहमतीका बिषयमा थप छलफल गरेर अघि बढ्ने प्रतिबद्धता समेत अबस्थीले जनाउनुभयो । डडेल्धुराका सातवटै स्थानिय तहहरु मध्ये पहिलो पटक गाँउसभा सम्पन्न गर्ने स्थानीय तहमा नबदुर्गा गाँउपालिका परेपनि जनप्रतिनिधीकै बिचमा उत्पन्न बिबादले सभा बिबादित बनेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।