टेकराज अवस्थी
डडेल्धुरा पुस १७ गते । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा मुलुकमा शासन सत्ता संचालन गनेहरुबाट वाक्क दिक्क भएका जनताहरुले परिबर्तनको पक्षमा उभिने बताउनु भएको छ ।
झण्डै ३५ वर्ष देखि राज्य दोहन गर्ने शक्तिका बिपक्षमा जनता खुलीसकेका छन अब परिबर्तन आभास दिन सक्ने नेता पार्टी रोज्ने छन राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता दिपक बोहराले दाबी गर्नुभएको छ ।
विहिवार डडेल्धुरामा सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा केन्द्रीय सचिवालय सदश्य नेता बोहराले देश र जनताले चाहेको सुशासन, विकास र समृद्धिका विषयमा एकाधिकार रहँदा पनि सत्तासिन नेताहरुले जनताको अपेक्षा पुरा गर्न नसकेका कारण जेन्जी आन्दोलन भएको र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समयसमयमा आवाज उठाउँदै आएको बताउनु भयो । उत्साहजनक सहभागिता रहेको भेलामा मन्तव्य राख्दै पार्टीका केन्द्रीय सदश्य तथा कलाकार रमेश प्रसाईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले नेताको चाहना भन्दा ठूलो जनताको चाहना भन्दै राजनीतिमा होमिएको मात्र नभई जनताको आकांक्षा बमोजिम त्याग पनि गरेको बताए ।

बिशिष्ट अथिति तथा केनद्रीय सदश्य प्रसाईले नेपालको प्रजातान्त्रिक आन्दोलनका शिर्ष व्यक्तित्व गणेशमान पछिको त्यागी नेता रवि भएको, नेपालको राजनीतिमा बैकल्पिक शक्ति बनाउने र देश विकासको स्पष्ट खाका तयार गर्ने योजनाका साथ अगाडी बढेको बताउँदै विभिन्न व्यक्तित्व र पार्टी समाहित गर्दा प्रतिकुल समयका बाबजुद समानुपातिक उम्मेदवारीमा केहि त्रुटि भएको स्वीकार गर्दै उचित ढंगले सच्याईने , प्रत्यक्ष तर्फका उम्मेदवारी पनि पार्टीको बिधान, कार्यबिधि, मापदण्ड सहित आवश्यक परे प्रारम्भिक निर्वाचन पद्धतिबाट उममेदवारको टुंगो लगाईने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
डडेल्धुराका सभापति ईन्जिनियर सुरेन्द्र अवस्थीको अध्यक्षतामा सम्पन्न भेला तथा पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, समानुपातिक उम्मेदवार तथा प्रेस सल्लाहकार प्रमोद न्यौपानेले शारिरिक अवस्था नै कमजोर भएका उम्मेदवारलाई मत दिएर देशका लागि काम गर्न साथ दिने कि भिजन मिसन भएका नवयुवा शक्तिलाई जिम्मेवारी दिने डडेल्धुराकासीको जिम्मा रहन्छ, डडेलधुराबासीको पनि परिक्षा देशले हेरिरहेको छ भन्दै अब पुरानालाई बिदाई र विश्राम दिने, विकासको बहश गर्ने, जनताको अधिकार सुनिश्चित गर्ने बाटोमा जनता जाग्नु पर्ने भन्दै मानविय भावनामा नबग्न आग्रह गरेका छन ।

दुई दशक पत्रकारितामा क्रियासिल रहेका रास्वपा नेता राजिब क्षेत्रीले पनि आफूहरु नेपालको फोहरी राजनीतिलाई सफा गर्न र जनतालाई न्याय दिन बैकल्पिक शक्तिमा प्रवेश गरेर देश विकासमा दौडिएको बताए ।
कार्यक्रममा बोल्ने वक्ताले ३५ वर्ष सम्म एकै जनालाई निर्वाचित गरेको परिणाम जिल्लाले भोगेको छ, अब पनि विवेक पुगाएनौं भने डडेल्धुरा ५० वर्ष पछि धकेलिन्छ त्यसको जिम्मा कसले लिने ? हाम्रो पुस्ताले भावी पुस्तालाई के जवाफ दिने भन्दै अकर्मण्य नेतालाई विश्वास गरियो भने अपराध सरह हुने बताएका छन ।
पार्टीका जिल्ला सभापति तथा कार्यक्रमका सभापति अवस्थीले डडेल्धुरामा पार्टी स्थापना भए पश्चात बिभिन्न जोखिम र चुनौतिहरुको सामना गर्दै अगाडी बढिरहेको, जिल्लामा पार्टीको अवस्था र भावी योजनालाई संक्षिप्त रुपमा राख्दै जेन्जी आन्दोलनको मर्म अनुसार पार्टी जनतामा जाने बताए ।

पार्टीका विभिन्न तहमा रहेका केन्द्रीय सदश्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्लाका विभिन्न तहका पदाधिकारीहरु सहभागि रहेको उक्त कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रमा समाज सेवा राजनीतिक क्षेत्रमा कृयासिल व्यक्तित्वहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान, बिधि आत्म साथ गर्दै पार्टी प्रवेश गरेका छन साथै बन्द सत्रमा पार्टीको संस्थागत छलफल र बिधि कारणले रिक्त रहेको कार्य समितिलाई पनि पूर्णता दिईने जनाएको छ ।


