Amargadhi Post

डडेल्धुराको स्याउले– अनारखोली सडक खण्ड एक महिनासम्म दैनिक ६ घण्टा बन्द हुने

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,पुस,१९ गते । सुदूरपश्चिमका तीन पहाडी जिल्ला, बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकमा पुस १९ देखि माघ १९ गते सम्म दैनिक ६ घण्टा आवागमन बन्द हुने भएको छ ।
डडेल्धुराको स्याउलेदेखि अनारखोलीसम्म सडक मर्मत हुने भएकाले आवागमन बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सार्वजनिक गरेको सूचनामा पुस १९ गते शनिवारदेखि माघ १९ गतेसम्म दैनिक ६ घण्टा राजमार्गमा सवारी आवागमन बन्द हुने उल्लेख छ। दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
सडक डिभिजन कार्यालय डोटीले सडक सुधार र चौडा गर्न साढे चार अर्बको ठेक्का लागेर काम सुरू हुने जनाएको छ । राजमार्गको विभिन्न क्षेत्रमा कडा चट्टान काट्नुपर्ने भएका कारण आवागमन बन्द गर्नुपरेको बताइएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।