लक्ष्मी ऐर
डडेल्धुरा, पुस २० । २५ औं सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा डडेल्धुराको भागेश्वरमा लागूऔषध तथा आत्महत्या विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
नेपाल प्रहरीसँगको सहकार्यमा सामाजिक विकास कार्यालय डडेल्धुराले आइतवार भागेश्वर ४ मा रहेको सरस्वति मावि लाकुममा उक्त कार्यक्रमको आयोजना गरेको हो।
उक्त विधालयमा अध्यनरथ कक्षा ८ देखि १२ सम्मका विधार्थीहरुलाई लागूऔषध नियन्त्रण यस बाट हुने हानि नोक्सानी र कानुनी कार्रवाहि तथा आत्महत्या विरुद्ध सचेत कसरी रहने भन्ने सम्बन्धि वृहत छलफल गरिएको थियो ।
कार्यक्रमा राष्ट्रिय अनुसन्धान कार्यालय डडेल्धुराका डीएसपी महेश अवस्थीले पछिल्लो समयमा समाजिक सन्जाल दुरुपयोग गरेर अनलाइन ठगी, साइबर क्राइम सम्बन्धी विस्तृत जानकारी दिदै बैंकिङ ठगी, पासपोर्ट चोरी ह्याकिङलगायतका साइबर अपराधका घटनाहरु तीव्र रूपमा बढिरहेको डाटा प्रस्तुत गर्न भयो ।डिजिटल माध्यम प्रयोग गर्दा सचेत र सुरक्षित रहन आग्रह गदै उहाले व्यक्तिगत विवरणमा ओटीपी, पासवर्ड तथा कुनै पनि अनलाइन कारोबार गर्दा ध्यान दिन पर्न बताउन भयो ।
यसै गरी सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म हे.क्वा. डडेल्धुराका प्रमुख प्रकाशचन्द्र भट्टले मानसिक तथा शारीरिक स्वास्थ्य सम्बन्धी प्रस्तुति दिँदै डिप्रेसनका कारण, लक्षण र यसको समाधानबारे जानकारी गराउन भयो ।यस्ता रोगको समयमै उपचार गर्न आवश्यक रहेको उहाको भनाइ रहेको थियो।
नेपाल प्रहरीका अनुसार नेपालमा हरेक दिन १८ जना भन्दा बढी आत्महत्याका घटना हुने गरेका छन्, जसमा ५६ प्रतिशत युवा रहेको बताइएको छ । आत्महत्याका प्रमुख कारणमा पारिवारिक कलह, सामाजिक सञ्जालको दुरुपयोग, आर्थिक लेनदेन, गरिबी, प्रेममा धोका रदीर्घकालीन मानसिक रोग रहेका छन। लागूऔषध दुरुपयोगले व्यक्तिगत मात्र होइन, समग्र समाजलाई नै असर गदर्छ ।
कार्यक्रममा नेपाल प्रहरीका डीएसपी बरुणबहादुर सिंहले टोल फ्रि नम्बर दिदै समाजमा लागूऔषधका घटनाहरु थाहा पाए तुरुन्त खवर गर्न आग्रह गर्न भयो ।
कार्यक्रको अन्तमा ठाउठाउमा यस्ता कार्यक्रहरु सञ्चालन गदै आएका सामाजिक विकास कार्यालयका प्रमुख मीनबहादुर लामिछानेले कार्यक्रमा सहभागी सम्पुर्णलाइ धन्यबाद दिदै कार्यक्रम समापन गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला रहन भएको थियो भने सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

