अमरगढी पोष्ट समाचार
डडेल्धुरा,पुस,२१ ग्ते । नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सुदूरपश्चिमका ९ वटा जिल्लाका पार्टी इन्चार्जहरु तोकिएका छन । निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउन नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर पठाएको छ ।
डडेल्धुरामा पुन ः केन्द्रीय सदश्य एबम पुर्ब मन्त्री पठानसिह बोहरालाई नै इन्चार्जको जिम्मेवारी दिएर पठाएको छ । हालै सम्पन्न भएको केन्द्रीय महाधिबेशनमा केन्द्रीय सदश्यमा सुदुरपश्चिम भुगोलबाट केन्द्रीय सदश्यमा भारीमतका साथ बिजयी भएका थिए । यस अघि पनि केन्द्रीय सदश्य भएर डडेल्धुराको पार्टी इन्चार्जको भुमिकामा रहनु भएका नेता बोहरा सुदुरपश्चिम प्रदेश सरकारको पुर्ब भौतिक पुर्बाधार मन्त्रीको जिम्मेवारी समेत कुशलता पुर्बक समालीसक्नु भएका अनुभबी नेता हुन । उहा संग सुदुरपश्चिमका अन्य आठ जिल्लाका इन्चार्जहरु छनौट भएका छन ।

कैलाली जिल्लाको इन्चार्जमा लिला भण्डारी, कञ्चनपुरमा निरू पाल, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, बझाङमा ऐन महर, बाजुरामा लालबहादुर थापा, डोटीमा चक्रबहादुर मल्ल, अछाममा झपटबहादुर बोहरा छन । जिल्ला इन्चार्जले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय तथा निर्वाचन तयारी गर्ने जिम्मेवारी दिइएको बताइएको छ । इन्चार्जको जिम्मेवारी प्राप्त गरेपछि टेलीफोन संम्बाद मार्फत डडेल्धुरा इन्चार्ज बोहराले संगठन निर्माण र आगामी फागुनमा हुने निर्बाचनलाई अर्जुनदृष्टिका साथ कार्यसम्पादन गरिने बताउनुभयो ।

पार्टीको गतिशिलता र कार्यकर्ताको मुल्यकान मार्फत पार्टी अभियानलाई तिब्रता पारिने बताउनुहुदै बोहराले आगामी निर्बाचनमा पाटिलाई मजबुत र बलियो बनाउने गरि अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

