Amargadhi Post

मलामी गएका एक युबक महाकाली नदीमा डुबेर मृत्यु

लक्ष्मी ऐर 
डडेल्धुरा, पुस २५ गते । डडेल्धुराको परशुराम नगरपालिकाका एक बयस्क युबाको मलामी पश्चात नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको छ । गाँउकै छिमेकीको मृत्युपछि मलामी पुगेका परशुराम नगरपालिका वडा नं.९ का इन्द्रबहादुर बोहरा नुहाउने क्रममा महाकाली नदीमा डुबेर मृत्यु भएको हो ।

 मृतकको मलामी गएका बोहराले नुहाउने क्रममा नदीमै डुबेर मृत्यु भएपछि अहिले गाउ नै शोकमा डुबेको छ । मृतक बोहराको दाहसस्कार आजै महाकाली नदीमा गरिने कार्यक्रम रहेको स्थानीय धनबहादुर बोहराले जानकारी दिनुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।