Amargadhi Post

डडेल्धुराका सात मतदान केन्द्र विजुली विहीन

लक्ष्मी ऐर 
डडेल्धुरा, पुस २५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै डडेल्धुरा जिल्लाका सात मतदान केन्द्रमा बिद्युत पुग्न सकेको छैन । बिद्युत नपुगेका मतदान केन्द्रमा तत्काल बिद्युत पु¥याउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिद्युत प्राधिकरण शाखालाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विद्युत सेवा नपुगेका जिल्लाभित्रका मतदान केन्द्रहरूमा यथाशीघ्र विद्युतिकरणको व्यवस्था मिलाउन निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रशाद कोईरालाले जानकारी दिनुभयो ।
निर्वाचन प्रक्रिया निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न विद्युत् सेवा अत्यावश्यक भएकाले सम्बन्धित मतदान केन्द्रहरूमा आवश्यक तयारी गर्न नेपाल विद्युत् प्राधिकरण डडेल्धुरालाई लिखित पत्राचार गरिएको उहाँले बताउनुभयो ।
परशुराम नगरपालिका, आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिका गरि विभिन्न सातवटा मतदान केन्द्रमा विद्युतको पहुँच पुगेको छैन । आलिताल गाउँपालिकाको समैजेश्वर प्राबि सेला मतदान केन्द्र, परशुराम नगरपालिकाको भागेश्वर मावि बसौटी मतदान केन्द्र, सिद्धनाथ मावि मतदान केन्द्र कटाल तथा भागेश्वर गाउँपालिकाको कैलपाल देवल मावि पत्रम, पशुपति आवि बलडा, भागेश्वर आवि लेकुडा र डम्वरपूर आवि चौड मतदान केन्द्रमा विद्युत सेवा पुगेको छैन । विद्युत नपुगेका केन्द्रहरूमा विद्युत् आपूर्ति गर्न नसकिए निर्वाचन व्यवस्थापन, मतगणना तथा सुरक्षा तथा सञ्चार सम्बन्धी काममा समस्या उत्पन्न हुनसक्ने भएकाले समयमै आवश्यक पहल गर्न आग्रह गरिएको हो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।