अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७८र७९ मा नागार्जुन दानेश्वर आधुनिक बाख्रा फार्म निर्माण गर्दा सम्झौता बमोजिम नगरेको तथा बाख्रा खरिद गरी वितरण गरेको भनी झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिई लिई भ्रष्टाचार गरेको आरोपमा विष्टसहित आठ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत विष्ट, तत्कालीन लेखापाल घनश्याम जोशी, आधुनिक बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष रुपेश विष्ट, सचिव रुपेश विष्ट, सचिव प्रकाश विष्ट र कोषाध्यक्ष पूजा विष्टविरुद्ध २३ लाख ७५ हजार, र नगरपालिकाको कार्यपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, तत्कालीन सब–इन्जिनियर मदन विष्ट र तत्कालीन ना।प्रा।स अम्बिका विष्टविरुद्ध ११ लाख २७ हजार रुपियाँ भ्रष्टाचार गरेको आरोपमा बिगो असुल हुन मागदाबी लिई मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


