Amargadhi Post

भारतको बिरुद्धमा उत्रियो नेबिसंघ

भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन

मानबहादुर साँउद
अमरगढी,कात्तिक २५ गते । नेपाल प्रति भारतले दादागिरी गरेको भन्दै पहिलो पटक डडेल्धुराको बागबजारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ । भारतले हालै सार्वजनिक गरेको नया नक्सामा नेपाली भूमी राखेको भन्दै तत्काल नक्सा परिबर्तन गर्न चेतावनी दिदै पुतला दहन गरेका हुन । भारतीय विस्तारवाद मुर्दाबात,नेपाली भुमीमा गिद्धे दृष्टी बन्द गर अतिक्रमित नेपाली भुमी तत्काल छोड,भारत संग सहअस्तित्वका साथ बार्ता र सम्बाद मार्फत अतिक्रमित भुमी फिर्ता गराउन तत्काल सरकार संग पहल गर्न नेबिसंघ डडेल्धुराले आग्रह गरेको छ । आन्दोलनमा उत्रिएका युबाहरुले ‘लिपुलेक, कालापानी हाम्रो हो,नरेन्द्र मोदी मुर्दावाद, ज्यान दिन तयार छौँ आफ्नो भूमि छोड्दैनौं’लगायतका चर्कानारा लगाउदै बजार परिक्रमा गरेका थिए ।


भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलामा पर्ने लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा समावेश गरिएको प्रति कडा आपत्ती जनाउदै तत्काल नक्सा परिबर्तन नगरे कालापानीमा युबाहरुको मार्चपास गर्ने चेतावनी दिएको छ । भारतको बिरुद्धमा देशैभर आन्दोलन भएका युबा बिद्यार्थिहरु मध्ये डडेल्धुरामा भने भारतको बिरोध र भारतीय प्रधानमनत्री नरेन्द्र मोदीको पुतला दहन गर्ने पहिलो संगठन बनेको छ ।
भारतको बिरोधमा उत्रिन नसकेका डडेल्धुराबासीको साथ लिएर नेबिसंघ डडेल्धुराले आईतबार बेलुका भारतीय सरकार बिरुद्ध चर्कानाराबाजी गर्दे पुतला दहन गरेको नेबिसंघ डडेल्धुराका कार्यबाहक अध्यक्ष पदम भण्डारीले बताउनु भएको छ ।
भीमदत्त चौकमा आयोजित बिरोध सभामा भण्डारीले भारतीय हस्तक्षेप स्विकार्य हुन नसक्ने भन्दै भारतीय गतिबिधी रोक्न सरकारले कुटनैतिक पहल गर्नुपर्ने बताउनुभयो । बिरोध सभामा डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराका स्वबियु सभापती जगत ऐरले भारतले पटक पटक मिच्दै आएको नेपाली सिमा क्षेत्रमा सरकारले काडेतारको ब्यबस्था गर्न माग गरे । सरकारले भारतको रबैया र अतिक्रमित भुमी फिर्ता गराउन अबिलम्ब कुटनैतिक पहलबाट समाधान खोज्न आग्रह गर्दे यदी सरकारले खुटा कमाउने परिस्थिती आए युबा बिद्यार्थिहरु माटोको रक्षा गर्न अघि बढ्ने चेतावनी समेत दिएका छन ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।