Amargadhi Post

सहकारी र भुमी पिडित सरकारको उच्च प्राथमिकतामा मन्त्री रावल

लक्ष्मी ऐर 
डडेल्धुरा भदौं ९ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी र भूमि समस्याबाट पिडितहरुलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा मंगलबार आयोजना गरिएको सहकारी पिडित र भुमीहिनका समस्या समाधानका लागी सरकारले पहलकदमी लिईरहेको मन्त्री रावलले जानकारी गराउनुभयो । शिबशिखर सहकारी संस्थाबाट डडेल्धुराका झण्डै ६ हजार बचतकर्ताहरुको ३१ करोड रुपैया अपचलन भएको छ चार बर्ष बितिसक्यो बचत रकम फिर्ता आउन नसकेको भन्दै मन्त्री रावलको ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएका छन ।
शिब शिखर सहकारी पिडित सर्घष समितिका संयोजक मानबहादुर साँउदले बचतकर्ताहरुको बचत रकम फिर्ता हुन नसक्दा सहकारी प्रतिको बिश्वास घटेको भन्दै सरकारले सहकारी पिडितको रकम फिर्ता गराउन पहलकदमी लिनुपर्नै बताउनु्भयो ।


सहकारीले बचतकर्ताहरुको रकम हिनामिना गरेको झण्डै चार बर्ष बित्यो ? कति बर्ष लाग्छ फिर्ता पाउन सरकार भन्दै मन्त्री रावललाई सहकारी पिडितहरुले ज्ञापनपत्र उल्लेख गरेका छन । हरेक सरकारले सहकारी पिडितका नाममा आश्वासन बाहेक केही गरेनन,फेरी पनि सहकारीको समस्या ज्युका त्यु रह्यो भने लाखौं पिडितहरु सडक उतिर्न बाध्य नपार्न सरकारलाई आग्रह गर्नुभएको छ । मन्त्री रावलले सहकारी र भुमीहिनका समस्याका पिडा र अबस्था बुझ्न डडेल्धुरा आईपुगेको बताउनुहुदै उहाँले समस्याको समाधान तर्फ सरकार कठिबद्ध भएर लाग्ने बिश्वास दिनुभएको छ । सरकारको उच्च प्राथमिकतामा सहकारी र भुमीहिन पिडितहरु परेका छन,नआत्तिनु होला सरकारले सहकारी संचालकहरुको खाता रोक्का देखि सम्पत्तीको खोजबिन गरिरहेको छ साना बचतकर्ताको रकम फिर्ता गर्दे आएपनि अब सबै बचतकर्ताहरुको रकम फिर्ता गर्नका लागी पहल भईरहेको उहाँले जानकारी गराउनु भएको छ ।
सहकारी पिडितहरुको समस्या र भुमीहिनहरुको बषौं देखि जगडीएर रहेको पिडाको अबगत छ त्यसैले समस्या समाधानका लागी सरकार प्रतिबद्ध रहेकोमा जोड दिनुभयो ।


मन्त्री रावललाई उद्योग बाणिज्य संघ डडेल्धुरा,निर्माण ब्याबसायी संघ डडेल्धुरा,नागरिक समाज डडेल्धुरा,भुमीहिन पिडित संघर्ष समिति र क्रिकेट संघ डडेल्धुरा लगायतका अगुवाहरुले ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्र बुझ्दै मन्त्री रावलले समस्या समाधानका लागी पहलकदमी लिने आश्वासन दिनुभएको छ । यसैगरी मन्त्री रावलले जिल्लाको समग्र बिकास र भुमीहिनका समस्या समाधानका लागी सरकारी कार्यालयका कर्मचारीहरु संग छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी डडेल्धुरा,अस्पताल,अमरगढी नगरपालिका र पार्टी कार्यालयको समेत निरिक्षण तथा अनुगमन गर्ने कार्यक्रम तय भएको रास्वपा डडेल्धुराका जिल्ला सभापति इन्जिनियर सुरेन्द्र अबस्थीले जानकारी दिनुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।