लक्ष्मी ऐर
डडेल्धुरा भदौं ९ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मंगलबार डडेल्धुरा अस्पतालको निरिक्षण गर्दै अस्पतालमा सुधार ल्याउन प्रतिबद्ध रहेको बताउनु भएको छ ।
सुदुरपश्चिममा एक मात्रै संघिय अस्पताल छ त्यही अस्पतालको बृद्धि बिकास गरेर जनताको सेवामा परिणत गर्न जरुरी छ मन्त्री रावलले निरिक्षण पश्चात अस्पतालको समग्र पक्षका लागी स्वास्थ्य मन्त्री संग कुराकानी गर्ने बताउनुभयो ।
अस्पतालको समग्र बिकासको आबश्यकता छ मन्त्रालयले गम्भिरताका साथ लिनुपर्नेमा जोड दिनुहुदै मन्त्री रावलले जनशक्ति देखि कर्मचारी ब्यबस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । अस्पताल ब्यबस्थापनका समस्या देखि कर्मचारी भर्ना सम्मका समसयाले काम गर्न निकै चुनौती रहेको अस्पतालका मेसु डा.सुधा देबकोटाले बताउनुभयो ।
अस्पतालका उपकरण बिग्रीने देखि अनाबश्यक अस्पतालका बिरुद्धमा समाजिक सञ्जालमा लेख्नेकुराहरु संम्बेदनशिल छन तर कर्मचारी भर्ना गर्दा समेत आफुलाई समस्या आउने गरेको दुखेसो ब्यक्त गर्नुभयो । माननिय तथा अर्थ समितिकी सभापति आकृति अबस्थीले अस्पतालमा जे जस्ता समस्या छन समाधान गरेर अघि बढ्नुको बिकल्प नरहेको बताउनु भयो ।
अस्पताल भित्र केही समस्या छन तर तिनीहरुलाई बिधी र प्रक्रियाबाट खोज्नुपर्छ उहाँले भन्नुभयो — अस्पताल आफै थला परयो भने कसरी उपचार गर्छ त ? अस्पताल सुधारका लागी सबै प्रतिबद्ध बन्न जरुरी छ ।
अस्पताल भित्र समस्याको चाङ लागेको छ ब्यबस्थापन पक्ष निकै कमजोर बन्यो पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउदले भने— अस्पतालको सुधारका लागी पारदर्शिता अपरिहार्य हो । अस्पताल कमाईखाने भाडो होईन सेवामुखी सस्था हो जहा समस्या छ त्यहा निस्वार्थ भाबले काम गर्दा आउने चुनौतीको सामना गर्न सकिन्छ उहाले भन्नुभयो— डडेल्धुरा अस्पताल रिफरल अस्पतालका रुपमा परिणत भएको छ कर्मचारी भर्ना अनाधिकृत भएको छ अनि कुरा दक्ष जनशक्तिको गर्ने यो हुन सक्दैन । मन्त्रालयले गरेको निर्णय अस्विकार गर्ने कर्मचारी बिदाई गरौं काम गर्नेको सम्मान गरौं कर्मचारी भित्रको आजको समस्या यही हो साँउदले भने । समाजिक अगुवा प्रकाश जैरुले भने अस्पतालमा समस्यै समस्या छन यसको समाधान खोज्नु आबश्यक रहेको बताए । अस्पताल आफै थला परेको छ अनि बिरामीको कसरी उपचार गर्छ भन्दै उनले अस्पतालको समस्याका बिषयमा सरकार गम्भिर हुन जरुरी रहेको बताउनुभयो ।


